पातारासी गाउँपालिका साक्षर घोषणा

जुम्लाको पातारासी गाउँपालिका साक्षर घोषणा भएको छ । पालिकामा बस्ने ९५.२४ प्रतिशत नागरिक साक्षर भएसँगै पालिकालाई साक्षर घोषणा गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र वहादुर शाहीले साक्षर पालिका घोषणा गर्नु भएको हो । १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले बताउनु भयो

सम्बन्धित शीर्षक