किर्डाकले सिप र प्रविधि दुबै दिएपछि समुहगत रुपमा तरकारी खेती

  ।   १८ भाद्र २०८१, मंगलवार १८:१५

लक्ष्मी न्याैपाने
किर्डाक नेपाल जुम्लाले सिप र प्रविधि दुबै दिएपछि समुहगत रुपमा महिलाहरूले तरकारी खेती गर्न थालेका छन।यस्तै जुम्लाका ग्रामिण महिला व्यवसायी तरकारीखेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । सिप र प्रविधि पाएपछि आफ्नै गाउँमा व्यवासीय तरकारी खेती गरेर महिला आत्मनिर्भर बन्न थालेका हुन् ।
तातोपानी गाउँपालिका वडा नं. ५ की काली रावत तरकारी खेतीबाटै घरखर्च जुटाउने छोरालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । गाउँमा रोजगारी छैन् । उत्पादन छैन् । भविष्य छैन् भन्दै विदेशीने यूवाको संख्या बढीरहेको बेला श्रम गरे स्वदेशमै आत्मनिर्भर बन्न सम्भव छ भन्ने उदाहरण समेत काली रावतले पेश गरेकी छन् ।
तरकारी बेचेर बेसिजन (हिँउद)मा करिब ७५ हजार सम्म र सिजन (वर्खामा) झण्डै एक लाख ५० हजार भन्दा बढी आम्दानी हुने गरेको किसान काली रावतले बताउनुभयो । उहाँले भन्नुभयो,‘परिवारको आम्दानी हुने स्रोत केहि छैन् । २०६० सालबाट तरकारी खेती गरेपनि व्यवसायीक खेती सुरु गरेको करिब दुई वर्ष भयो । तर यो अवधिमा कमाई राम्रो भएको छ । पहिला परम्परागत खेती गर्थेउ । अहिले किर्डाकले सिप र प्रविधि दुबै दिएपछि तरकारी खेती फष्टाएको छ ।’
अहिले छिमेकीको खेत समेत लिजमा लिएर तरकारी खेतीलाई विस्तार गरेको जानकारी दिइन् । किर्डाक नेपालले सिप दिनुका साथै झण्डै ३ लाखको लागतमा टनेल हाउस बनाएपछि व्यवसायीक तरकारी खेती गर्न सहज भएको उल्लेख गर्नुभयो । उहँका अनुसार गत वर्ष प्याज मात्रै ५ क्वीईन्ट उत्पादन गरेको र अन्य सबै खाले तरकारी नियमित उत्पादन भईरहेको छ ।
उता तिला गाउँपालिका वडा नं. ५ की पाना शाहीले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ । उहाँले आफुले तरकारी खेती मात्र गरेकी छैनन् । आफ्नो जग्गामा किर्डाकले बनाइएको ३ लाख लगानीको बृहत्त टनेलमा तरकारी खेतीको प्रविधिबारे पनि सिकाउने गरेकी छन् ।
उक्त वडामा रहेको नौलो विहानी सिमि उत्पादन समुहका महिलाले उक्त टनेल हाउस मार्फत गाउँ घरमा हुने तरकारीबारे धेरै ज्ञान आर्जन समेत गरेका छन् । स्थानीय महिला रिता नेपालीले पछिल्लो समय ज्ञान पाएपछि खेती गर्दा विउ छनोट,मलजलमा ध्यान दिनु पर्ने कुरामा सचेत भएको बताउनुभयो । भने अहिले घरमै जैविक मल समेत उत्पादन गर्न सिकेको जानकारी दिईन् । यता तातोपानी २ बाबिराका महिलाहरुले पनि समुहगत रुपमा तरकारी खेती गरिरहेका छन् ।

Next Post

डा.हरिहरदेव पन्त नवाै स्मृति दिवस सम्पन्न

१८ भाद्र २०८१, मंगलवार १८:१५
लक्ष्मी न्याैपाने निर्धन उथान लघुबित बितिय सस्था शाखा जुम्ला डा. हरिहरदेव पन्त स्मृति दिवस सम्पन्न भएको छ । तलिचाैर समुहकि अध्यक्ष राजु न्याैपाने स्मृति दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रममा निर्धन उथान लघुबित बितिय सस्था शाखा जुम्ला शाखा प्रमुख कुष्ण न्याैपानेले मन्तब्य दिएका थिए । निर्धनले सदैव नयाँ शैलीको […]