कोरोना संक्रमितलाई खेलकुद समितिको अण्डा र जुस


जिल्ला खेलकुद विकास समिति जुम्लाले कोरोना संक्रमितलाई अण्डा र जुस प्रदान गरेको छ । संक्रमितको हौसला स्वरुप अण्डा र रियल जुस प्रदान गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएर उपचार गराइरहेका संक्रमितलाई खेलकुद समितिले अण्डा र रियल जुस दिएको सदस्य सचिव संगिता आचार्यले जानकारी दिइन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे र सदस्यसचिव संगिता आचार्यले संयुक्तरूपमा कोसेली स्वरुप अण्डा र जुस प्रदान गरेका हुन । ४ जना खेलाडी संक्रमित सहित २० जना संक्रमितलाई अण्डा र रियल जुस दिइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
अन्र्तराष्ट्यि धावक तथा एथ्लेटिक्स प्रशिक्षक हरिवहादुर रोकाया,महेश बुढ्थापा,मदन बुढ्थापा र अजय बुढ्थापा सहित अन्य १६ जना स्थानीय तथा बाहिरका कोरोना संक्रमितलाई अण्डा र जुस दिइएको थियो ।
जसमध्ये धावक हरिवहादुर रोकाया निको भएर घर फर्किसकेका छन । उनको घरमै पुगेर एक क्यारेट अण्डा दिएर स्वास्थ्यलाभको कामना गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले बताइन ।
१९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा छन । उनीहरुलाई प्रतिष्ठानमै पुगेर दिइएको थियो । सदस्य सचिव आचार्यले भनिन्,‘कोरोना एउटा व्यक्तिको समस्या होइन् । यो सामुहिक समस्या हो । सामुहिक रुपमा प्रतिरोध गरेर मात्र कोरोना संक्रमण रोक्न सकिन्छ ।’ संक्रमितको मनोबल उच्च बनाउन र हौसला र उत्प्रेरणाका लागि भएपनि समितिले यो खालको क्रियाकलाप गरेको हो ।
संक्रमितको निगरानी गरिरहेका स्वास्थ्यकर्मीले खेलकुद समितिको कोसेली बुझेका थिए । उनीहरु मार्फत संक्रमितले प्राप्त गरेका हुन ।
खेलाडी तथा अन्य संक्रमितहरुलाइ कोरोना देखिएपछि मनोबल बढाउनको लागि स्वास्थ्य लाभको कामना सहित अण्डा र जुस वितरण गरिएको खेलकुद विकास समितिले जनाएको छ ।
आर्थिक नै सबै थोक होइन् । अध्यक्ष पाण्डे भने,‘ संक्रमितको मनोवल उच्च राख्नु नै संक्रमितको हौसला बढ्नु हो । सबै मिलेर कोरोना संक्रमितको मनोबल उचो बनाउनुपर्छ । अहिलेको आवश्यकता पनि त्यही हो । ’
वितरण कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित शीर्षक