विद्युत सेवा नियमित दिन विद्युत प्राधिकरणको ध्यानाकर्षण

नेपाल प्राधिकरण वितरण केन्द्र जुम्लाको विद्युत नियमित नहुँदा जुम्लाका विद्युतीय सञ्चार माध्यम संकटमा परेका छन । यहाँका विद्युतीय सञ्चार माध्यम विद्युत नियमित नहुँदा प्रभावित बनेको भन्दैै नियमित विद्युत सेवा उपलब्ध गराउन ध्यानकर्षण गरिएको हो ।
विद्युत सेवा नियमित नहुँदा रेडियोहरुको प्रशारण सेवामा समस्या भएको छ । सामुदायिक रेडियो प्रसारक संघ समन्वय समिति जुम्लाका संयोजक तथा रेडियो नारी आवाज जुम्लाका स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने नेतृत्वको टिमले वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
विद्युत सेवा नियमित नहँुँदा जुम्लामा रेडियो कर्णाली एफएम, रेडियो खुला आकास, रेडियो नारी आवाज र रेडियो माउन्टेन एफएमको प्रसारण प्रभावित बनेको हो । नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर सुरु भएको बेला नागरिकलाई बढी सूचना दिनु पर्ने अवस्थामा रेडियोहरु बन्द हुन पुगेकाले विद्युत सेवा नियमित गर्न माग गरिएको संयोजक न्यौपानेले बताइन ।
सूचना पाउने अधिकारबाट नागरिक बन्चित हुन पुगेको उनी बताउँछिन । डेलिकेटेड लाइन उपलब्ध गराउन जुम्लाका सामुदायिक रेडियोहरुले माग गरेका छन् । यता ध्यानकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेयले विद्युतको समस्या समाधान जुम्लामा राष्ट्रिय प्रशारण लाइन नपुगेसम्म नहुने बताए । रेडियोमा पहिले जडान भएका थ्री फेज लाइन उपलब्ध नभएका रेडियोहरुलाई उपलब्ध गराउन सकिने उनले बताए । गएको असार महिनादेखि विद्युतको लाइन माग गरेका उपभोक्ताहरुलाई विद्युतको समस्याले लाइन दिन नसकिएको पाण्डेले सो अवसरमा बताएका थिए ।

सम्बन्धित शीर्षक