जुम्लामा कोरोना संक्रमणका कारण लकडाउन हुन सक्ने भन्नै स्थानीयले आवश्यक खाद्यन्न जोहो गर्न थालेका छन । गत बर्ष भएको लकडाउनका कारण खाद्य संकट बेहोर्नु परेको भन्दै यो बर्ष समयमै खाद्यन्नको जोहो गर्न थालेका हुन ।
खलंगा बजारमा चामल र नुन लिने जुम्लाबासीको घुइचो बढेको छ । नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड र साल्डटेडिङ कर्पोरेशनमा चामल र नुन लिने सेवाग्राहीको घुइचो लाग्ने गरेको जीवनबहादुर खत्रीले जानकारी दिए । लकडाउन हुने त्रासले नागरिकहरु चामल, नुन, तेल, साबुन र अन्य खानेकुराको व्यवस्थानमा जुटेका छन् । नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेडबाट दैनिक ४० देखि ५० क्वीन्टल चामल बिक्रि हुने गरेको छ ।
यो समयमा जुम्लामा बजारको चामल भन्दा खाद्यको चामल बढि बिक्रि हुने गरेको छ । बजारमा पाइने चामल भन्दा खाद्य कम्पनीको चामल सस्तो र गुणस्तर भएकाले चामल लिन गएको चन्दननाथ नगरपालिका वडा नम्वर २ तलिचौरकी नानि परियारले बताइन । उनले बजारमा २५ केजीको चामल १ हजार ७ सय ५० सम्म पर्ने गरेकोमा खाद्य कम्पनीमा १ हजार १ सय ४५ रुपैयाँ पर्छ ।
लकडाउन भएको खण्डमा बजारमा किनबेच हुने खाद्य वस्तुको मूल्य बढ्ने भएकाले खाद्यमा चामल लिन जाने गरेको परियारको भनाइ छ ।
काम गरेर साँझ र विहानको झाक टार्ने नागरिकका लागि खाद्य व्यापार कम्पनीले सहजता गरेको उनी बताउँछिन । कोरोना संक्रमण फैलदैँ जादा जुम्लामा निकै त्रास बढेको छ ।