जुम्ला :
नन्दाबक्स गण नम्बर २४ बाहिनी यहि २७ गते सेना दिबसको अबसरमा पाच किलो मिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त दिबसको अबसरमा कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी, स्थानीय युवा क्लब र होटल व्यवसायीहरुले भाग लिन पाउनेछन् ।
यस्तै स्थानीय क्लव, एनजियो, आईएनजियो लगायतले सहभागिता जनाउन पाउने छन् । नागरिक र सैनिक सम्बन्ध सुमधु्र बनाउन दौड प्रतियोगिता गरेको नन्दाबक्स गण नम्बर २४ बाहिनी मेजर दिनेश न्यौपानेले जानकारी दिए ।
उक्त दौड प्रतियोगितामा ४५ बर्ष भन्दा माथिका लाई एक समुह बनाउने र ४५ बर्ष तलका उमेर समुहकालाई प्रतिष्पर्धा गराउने उनले बताए ।
उक्त दौड प्रतियोगितामा प्रथम, दोस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई नगद पुरस्कारकोव्यवस्था गरिएको छ ।
बाँकी प्रतियोगितामा भाग लिन आउने अन्य प्रतिष्पर्धीहरुलाई टिसट र क्यापकोपीको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा भाग लिने नागरिकको लागि फागन२७ गते विहान नेपाली सेनाको खेलमैदानबाट दौड सुरु हुने भएकाले उपस्थितका लागि सबैलाई आग्रह गरिएको छ ।