व्यवसायी बनाउँदै वडा कार्यालय

जुम्लाको चन्दननाथ नगरपालिका ४ व्यवसायी महिला उत्पादनमा क्रियाशिल भएको छ । वडा कार्यालयबाट विभिन्न सचेतनाका क्रियाकलाप गर्दै आइरहेको हो ।
आर्थिक बषर्् २०७७।०७७ व्यवसायी महिला उत्पादनमा लागेको हो । राष्ट्यि तथ्याकमा चन्दननाथ ४ कुपोषित वडाका रुपम चिनिएको छ । वडाध्यक्ष जगदिश चौलागाई सुनौलो हजार दिन भित्रका आमालाई कुपोषणबाट बचाउन पोषिलो आहारा वितरण गर्न लागेको बताए ।
उनले भने,‘ेहजार दिनका आमाहरुलाई भिटामिन आवश्यकता पर्ने भएकाले तरकारी खेति, च्याउ खेति र सिलाई, कटाई तालिम दिइएको छ ।
आर्थिक बर्ष २०७७।०७८मा बजेट विनियोजन भएपनि कोरोनाका कारणले महिला सम्वन्धिका कार्यक्रम सञ्चालन हुन नसकेको बताए े । यहि आर्थिक बर्षको असार सम्ममा महिला सम्वन्धिका बिभिन्न खाले कार्यक्रम गरिने अध्यक्षको भनाई छ ।
तालिम लिनका लागि मानिस उत्सुक भएको तर तालिम लिइसकेपछि उपलव्धि शुन्य देखिने गरेके दुखेसो पोखे ।
उद्यमशिलतका लागि महिलाहरुबाट माग हुदैन । तर माग भएको खण्डमा महिला व्यवसायी उत्पादनमा निकै सवेदनशिल छ ।

सम्बन्धित शीर्षक