राष्ट्यि बाणिज्य बैंक शाखा कार्यालय जुम्लामा कर्मचारी अभावका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ । कर्मचारी अभावका कारण सेवा सञ्चालनमा ढिलासुस्ती र अन्यौल भइरहेको हो ।
महिनाको २५ गते देखि भुतपुर्व कर्मचारीहरु सेवा निबृत्त लिन आउने भएकोले बैंकमा सेवाग्राहीको भिडभाड नै हुने गरेको छ । निमित्त प्रबन्धक हेमन्त न्यौपानेले कर्मचारी अभावका कारण सोचे अनुसारको सेवा दिन नसकेको बताए । उनका अनुसार शाखा जुम्लामा १० जना कर्मचारीको दरबन्दी भएपनि अहिले ८ जना ज्यालादारी कर्मचारीमात्र कार्यरत छन् ।
कोभिडका कारणले बीचमा बैंकको सेवा ठप्प भएपनि पछिल्लो समयमा व्यक्तिगत दुरी कायम गर्ने र मास्कको अनिवार्य प्रयोग गर्न लगाइएको छ । कर्मचारी अभाव पुर्ति नहुँदा सम्म राष्ट्यि बाणिज्य बैंकमा यो समस्या कायमै रहने बैंकले जनाएको छ ।