नेपाल विद्युत प्राधिकरण जुम्लाले महसुल नतिर्ने सेवाग्राहीको लाइन काट्न थालेको छ । पहिलो चरणमा ३० जना सेवाग्राहीको लाइन काटेको हो । लामो समयम महसुल नतिरेका ग्राहकको लाइन काटिएको हो । जसमध्ये १५ जनाले शुल्क तिरेर लाइन जोडेका छन् ।
चन्दननाथ नगरपालिका भित्रका दुई महिना भन्दा बढिको शुल्क नबुझाएका र एक हजार रुपैयाँ भन्दा बढि रकम नतिरका ग्राहकको लाइन काटेको विद्युत प्राधिकरण जुम्लाले जनाएको छ ।
यसैगरि मिटर बक्स नराखेका,धेरै लोड तान्ने उपकरण प्रयोग गर्ने र प्राधिकरणको निर्देशन अटेरी गर्ने ग्राहकको समेत लाइन काटिने कार्यालय प्रमुख गौरव पाण्डेले जानकारी दिए । प्राधिकरणको नियमावली अनुसार सुचना टाँस गरि लाइन काटिएको प्रमुख पाण्डे बताउँछन् ।