स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गिरी विरूद्ध उजूरी

सुर्खेत । देउती अस्पताल वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मी टेकबहादुर रोकायमाथि आक्रमण भएको छ । बिहीबार राति ड्यूटी सकेर घर फर्कदैँ गर्दा उनीमाथि आक्रमण भएको हो ।


अस्पताललमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रामण भएपछि अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्रबहादुर थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ का रोहित गिरीले रोकायामाथि हातपात गरेको उजुरीमा उल्लेख छ ।

यसैबीच नेपाल औषधि व्यवसायी संघ सुर्खेतले एक विज्ञप्ति जारी गर्दै दोषीउपर कारवाहीको माग गरेको छ । अध्यक्ष रणबहादुर खड्काले जारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै आक्रामणकारीमाथि कारवाहीको माग गरिएको छ ।

सम्बन्धित शीर्षक