लक्ष्मी न्याैपाने ।
जुम्लाको तातोपानी गाउँपालिकाकाे १६ ओैं अधिवेशन सकिएको छ । अधिवेशनले विभिन्न नीति तथा कार्यविधि पारीत गरेकाे हाे । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले अधिवेशनले नयाँ १५ वटा र २ वटा पुरानाे संशोधन सहितको १७ वटा कानुन पारीत गरेकाे बताए
चालू आर्थिक बर्षकाे ६ महिनामा ताताेपानीले १७ लाख ५३ हजार ८ सय राजश्व संकलन गरेकाे उनकाे भनाइ छ । जिल्लामै पहिलाेपटक ८ सय घरधुरीकाे घर बीमा कार्यक्रमबाट लाभान्वित भएका छन् ।
चालू आर्थिक वर्षकाे अर्धवार्षिक भाैतिक तथा पूँजीगत खर्चकाे प्रगती विवरण समेत अधिवेशनका क्रममा सार्वजनिक गरेकाे थियाे ।
प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले पारीत भएका कानुनले दैनिक कार्य सम्पादनलाई प्रभावकारी र सहज बनाउने प्रतिक्रिया दिए ।
साे अवसरमा अनुमाेदित प्रगति विवरणानुसार चालू आर्थिक बर्ष २०८१/८२ को अर्धवार्षिक वितिय प्रगती तर्फ तथा पुजीगत खर्च १५.२४ प्रतिशत र चालु खर्च ३३.१६ प्रतिशत गरी समग्रमा २७.३२ प्रतिशत बजेट कार्यान्वय भएकाे प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिएका थिए ।
अधिवेशनले तातोपानी धारा सञ्चालन तथा व्यवस्थापन कार्यविधी-२०७९ पहिलो संशोधन, कन्टीजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधी-२०८१, छाउपडी प्रथा विरुद्धको कार्यक्रम कार्यान्वयन कार्यविधी-२०८१ बाल सहभागिता कार्यविधी- २०८१, बालविवाह निरोत्साहित निर्देशिका-२०८१, बाल बालिकाहरु माथी हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाई कार्यविधी-२०८१, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका- २०८१ लगायत नीति,निर्देशिका र कार्यविधि पारी गरेको छ ।
यसैगरी बिमा सम्बन्धी कार्यविधी- २०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधी-२०८१, लोकसेवा आयोगको निशुल्क कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी-२०८१, अटोरिक्सा सम्बन्धी सञ्चालन तथा व्यवस्थापन ऐन- २०८१, तातोपानी गाउँपालिका व्यवसायिक पंक्षी फर्म तथा ह्याचरी सञ्चालन सम्बन्धी कार्यविधी-२०८१ पारित गरिएकाे छ ।
तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी कार्यविधी-२०८१, तातोपानी गाउँपालिकाको नर्सरी सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८१, पोषण मैत्री वडा तथा पालिका घोषणा सम्बन्धी कार्यविधी-२०८१, ढुङ्गा गिट्टी बालुवा उत्खनन सम्बन्धी मापदण्ड-२०८१, घर नक्सा पास सम्बन्धी कार्यविधी-२०८० पारित गरिएकाे ताताेपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले जानकारी दिइन ।
उनले अनुमगन निरिक्षण तथा गुणस्तर मापनलाई जाेड दिएकाे बताइन । तातोपानी गाउँपालिका ५ का वडाध्यक्ष छिरिङ डाँगी पालिकाकाे हरेक काममा साथमा साथ हातमा हात मिलाए एकतावद्व भएर अघि बढने बताए ।तातोपानी गाउँमापालिका ६का वडाध्यक्ष विशाल खडकाले पालिकाले गरेका हरेक नीति नियममा रहेर काम गर्दै अगाडि बढेकाे बताउँदै आगामी दिनमा पनि विधि बिधानमा रहेर बिषय बस्तुमा छलफल गर्ने बताए ।
अधिवेशनमा गाउँसभा सदस्यहरू,कर्मचारीहरू,पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।
