जुम्लाका सञ्चारकर्मीका लागिमर्यादित महिनावारी तालिम संचालन

लक्ष्मी न्याैपाने

बिहिवार बाट जुम्लामा  संचारकर्मीहरुलाई मर्यादित महिनावारी  विषयक तालिम संचालन भएको छ । जुम्लाका संचारकर्मीहरुलाई मर्यादित महिनावारी बारे जानकारी गराउन र महिनावारीका सवाल उठानका लागि तालिम संचालन गरिएको हाे ।२दिने मर्यादित महिनावारी तालिम सुरू भएकाे छ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे समन्वय तथा आयाेजना पेश नेपाल,राधा फाउन्डेसन र एम्पीलीफाई चेन्जकाे सहयाेगमा जुम्लाका सञ्चारकर्मीका लागि संचालन गरिएको हाे ।

तालिम बिहिवार बाट संचालन भई शुक्रबार सकिने आयाेजकले जनाएको छ । तालिमकाे पहिलाे दिनकाे उद्घाटनमा बाेल्दै पेश नेपालका कार्यकारी निर्देशक किशाेर न्याैपानेले संचारकर्मीलाई मर्यादित महिनावरीका विषयमा थप जानकार बनाउन अझै पनि हाम्रो समाजमा महिनावारी लाई हेर्ने नजरलाई बदल्न र महिनावारीका सवालमा सशक्त भएर लागि कलम चलाउन सहयाेग मिलाेस भनी तालिम संचालन गरिएको बताए ।

तालिमपछि मर्यादित महिनावारीका सवालहरुलाई पत्रकारहरुले प्रथामिकता साथ उठान गर्ने अपेक्षा गरेकाे निर्देशक न्याैपानेले बताए । यस्तै अभियान्ता तथा राधा फाउन्डेसनका प्रमुख डा: राधा पाैडेलले मर्यादित महिनावारीकाे सवालाइ राज्य हरेक तहमा पेचिलाे बनाउनका लागि संचारकर्मीहरुकाे हुनु पर्ने बताईन्।

उनका अनुसार अन्य ठाउँमा भन्दा कर्णाली र पहाडी क्षेत्रमा महिनावारीकाे सवाल नउठ्ने हुदा सवाल उठाउन पत्रकारहरूकाे भुमिका अत्यन्तै जागरूक हुनु पर्ने उनकाे भनाइ । नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले  कार्यक्रम बाट सिकेका कुरा हाम्रा पत्रकार साथीले कलमका माध्यम बाट उजागर गर्नुहुनेछ भन्ने अपेक्षा लिएकाे बताए बताए ।  तालिममा जिल्लाका १६ जना पत्रकारहरुकाे सहभागिता छ ।

सम्बन्धित शीर्षक