व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारे

  ।   १८ चैत्र २०७८, शुक्रबार २०:०६

काठमाण्डाै – राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको छ । पेट्रोलियम पदार्थको भाउ बढेअनुसार बिक्रेता कमिसन नबढेको भन्दै व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका हुन् ।

निगमले आफ्नो घाटा कम गर्न भाउ बढाएकाले तत्कालका लागि कमिसन नबढाउने निर्णय गरेको थियो । सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलि शनिवारदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले बताउनुभयो । सरकारले गएको वर्षदेखि पेट्रोल र डिजल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो ।

ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा इन्धन ढुवानी भाडा बढाउनुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका  माग राख्दै झन्डै दुई हप्तादेखि आन्दोलन गरिरहेका छन् ।

Next Post

सुख्खा पहिरोले बन्द कर्णाली राजमार्ग ७ घण्टापछि खुल्यो

१८ चैत्र २०७८, शुक्रबार २०:०६
जुम्ला — सुख्खा पहिरो खसेपछि बन्द भएको कर्णाली राजमार्ग ७ घण्टापछि खुलेको छ । दिउँसो १ बजे सुख्खा पहिरो खसेको थियो । कर्णाली राजमार्गको नाग्म जुम्ला सडक खण्डको तिला गाउँपालिका १ गाडगुडेनीमा सुख्खा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको थियो । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईंले अनवे मात्र खुलाइएको जानकारी […]