जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी, कनकासुन्दरीको खेलाडी प्रोत्साहन कार्यक्रम

  ।   १४ चैत्र २०७८, सोमबार १६:५७

लक्ष्मी न्यौपाने,

जुम्लामा यही चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । कर्णाली स्पोट क्लवको आयोजनामा जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको हो । म्याराथन सञ्चालन गर्नको लागि तयारी भइरहेको क्लवले जनाएको छ । यो म्याराथनका लागि कनकासुन्दरी गाउँपालिकाले खेलाडी प्रोत्साहन कार्यक्रम गर्ने जनाएको छ ।
कनकासुन्दरीले म्याराथनमा सक्रिय सहभागिता जनाउने र बिजेता खेलाडीलाई पालिका स्तरमा पुरस्कृत गर्ने कनकासुन्दरी १ का वडाध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघिका म्याराथनमा कनकासुन्दरी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए ।
कर्णाली स्पोट क्लवका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीमा खेलाडीको उत्साह थपेको बताउनु भयो । उहाँले म्याराथनमा सहभागि बन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कर्णालीको जुम्ला भुमिमा आउनको लागि अपिल गर्नु भयो । म्याराथनमा सहभागि बन्न र सहयोग गर्नको लागि सबै सरोकारवाला निकाया संग आग्रह गरिएको छ ।
म्याराथनले कर्णालीको खेलकुद पर्यटनलाई वढवा दिने भएकोले खेलकुद हबको रुपमा स्थापित गर्न सबै समक्ष आव्हान गरिएको छ । क्लवले म्याराथनको जानकारीका लागि पत्रकार भेटघाटको कार्यक्रम गरेको थियो ।

Next Post

जानाकी ग्रामिण कृषि उत्थान सहकारी सस्थाको दाना राख्ने गोदम ः माननीय खरेल द्धरा शिलान्यास

१४ चैत्र २०७८, सोमबार १६:५७
गणेश रावत कोहलपुर ःबाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीमा आज जानाकी गा्रमिण कृषि उत्थान सहकारी सस्थाको दाना राख्ने गोदाम शिलान्यास भएको छ । आजका कार्यक्रमका प्रमुख अथिति एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य माननीय आईपि खरेल ले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भयो । शिलान्यास कार्यक्रम मा […]

सम्बन्धित