हिरासतबाट फरार तीनै जना प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति फरार रहेका तीन जना थुनुवा पक्राउ परेका छन् । राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

उनका अनुसार सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही, कर्तव्य ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की र खगेन्द्र सुनार फरार भएका थिए । सुरक्षा व्यवस्थापनमा कमजोरी हुँदा थुनुवा फरार भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।

उनका अनुसार फरार रहेका तीनैजनालाई चन्दननाथ नगरपालिका–९ बाट प्रहरीले पक्राउ गरिसकेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र प्रदेशस्तरीय छानबिन समिति गठन हुने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शीर्षक