जुम्लामा धार्मिक मेला बन्द,राजनीतिक मेला खुला

गणेश रावत,

जुम्लामा धार्मिक मेला पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न सबै प्रकारका धार्मिक मेला पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण कर्णालीको सबैभन्दा लामो जात्रा गत बर्ष पनि जुम्लामा हुन सकेन ।यो बर्ष पनि लाग्न नदिने निर्णय भइसकेको छ । कोरोनाका कारण धार्मिक आस्था धरापमा पर्न थालेको जुम्लाबासी बताउँछन ।
कोरोना संक्रमण फेरी बढ्दै गएको र जात्रा संगै धार्मिक मेला महोत्सवले संक्रमण बढाउने भएकोले जात्रा संगै सबै मेला महोत्सव पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन् । उनले भनिन्,‘कोरोना संक्रमण बढ्दै गइरहेको समयमा तेस्रो लहरको कोरोना सर्न सक्ने प्रबल संभावना भएकोले धार्मिक मेला बन्द गर्ने निर्णय भयो । यो निर्णय जुम्लाबासीको स्वास्थ्यका हिसावले निकै फाइदाजनक हुनेछ । ’
धार्मिक मेला गर्दा भिडभाड निकै बढि हुन्छ । न मास्कको प्रयोग हुन्छ । नत सामाजिक दुरी नै कायम हुन्छ । झनै लापरबाही हुने भएकोले धार्मिक मेला नलगाउँदा नै उत्तम हुने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निष्कर्ष छ । बैठकले अहिले भइरहेको बिहान ६ देखि दिउसो ४ बजे सम्म बजार खोल्ने र ४ बजेपछि निषेधाज्ञा गर्ने कार्यलाई निरन्तरता दिएको छ । यो निर्णय अव्यहारीक भएको स्थानीय बताउँछन । जतिसुकै समयमा कोरोना सर्न सक्ने भएकोले चार बजे पनि निषेधाज्ञा गर्र्ने निर्णय अवैज्ञानक भएको उनी स्थानीय बताउँछन ।
कोरोना त दिउँसो पनि सर्छ होला । दिउँसो बजारमा भिडभाड हुन्छ । चरम लापरबाही देखिन्छ । ,‘स्थानीय जगतबहादुर शाहीले भने,‘कि निषेधाज्ञा कडा हुनु पर्यो । कित नयाँ लुज भएर बिहान देखि बेलुका सम्म बजार खोल्नु पर्यो । ’
प्रशासन कार्यालय जम्लाले दुईसाता सम्मका लागि पहिलेकै जस्तो कायम रहने गरी १५ दिन निषेधाज्ञा थप गरिएको छ । अत्यावश्यक काम वाहेक भिडभाड गर्न नपाईने निर्णय गरेको छ । भदौ महिनामा यहाँ धार्मिक मेला धेरै लाग्छन । यो मेलालाई धार्मिक मेलाका रुपमा हेरिदै आएको छ । यो महिला कोरोनाका हिसावले निकै जोखिमपुर्ण महिना हो । रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ,प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘ जुम्लाका आठै वटा स्थानीयतहले गाउँघरमा हुने भिडभाडलाई नियन्त्रण गर्न र सचेतनाका कार्यक्रमलाई जोड दिनुपर्छ । यो प्रतिबद्धता स्थानीयतहका प्रमुखहरुले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा प्रतिबद्धता गरेका छन । ’
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सदरमुकाम केन्द्रीत निषेधाज्ञा गरेपनि गाउँमा निषेधाज्ञाको कुनै अनुभव हुने गरेको छैन । राजनीतिक दल,पार्टी संगठन विस्तार, भेला,सम्मेलन,बैठक गरिरहेका छन । निकै भिडभाडका बीचमा कार्यक्रम गरिरहेका छन । पछिल्लो समयमा राजनीतिक दलका कार्यक्रमले कोरोना संक्रमण बढ्न सक्ने स्थानीय बताउँछन । गतवर्ष तिर्थयात्रामा समेत रोक लगाइएको थियो । तर यो वर्ष कर्णालीका विभिन्न स्थानमा जाने तिर्थयात्रामा रोक लगाइएको छैन् । जसका कारण तिर्थालुको आवतजावतले पनि भिडभाड बढिरहेको छ ।
स्थानीय प्रशासनले राजनीतिक दल संगको बैठक गरेर दलका नेता र भातृ संस्थाहरुलाई सचेत गराउनु पर्ने स्थानीयले माग गरेका छन । सडकमा भिडभाड गर्ने, सभा सम्मेलनमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्ने गरेकोले र जोखिम बढाउने कार्य गरेकोले तत्काल रोक्न आग्रह गरिएको छ ।

सम्बन्धित शीर्षक