अझै सुध्रियन कर्णाली राजमार्ग

सुर्खेत। कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट जुम्ला जोड्ने सडक हो।  कर्णाली राजमार्ग साँघुरी, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन् । सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् ।

ठाउँ-ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौं स्थानमा सडक भाँसिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ ।

पुल क्षेत्रमा खसिरहेको पहिरोले पुललाई क्षति पुर्याउन थालि सकेको छ । कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक जीवन सुनारले बताए । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको सुनारले बताए । उनले साघुरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको गुनासो पोखें।

सुर्खेतबाट जुम्ला जाँदै गरेका रामबहादुर बुढाले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए। सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सम्बन्धित शीर्षक