कोभिड १९ ले जुम्लाबासी प्रभावित

जुम्लामा कोरोना भाइरसबाट किशोर किशोरी बढि प्रभावित भएका छन् । उनीहरु संगै बालबालिका र बृद्धबृद्धा पनि प्रभावित बनेको मनोबिमर्शकर्ता नन्द आचार्य बताउँछन् । कोरोना भाइरस संगै गत चैत देखि भएको लकडाउनका कारण उनीहरु मानसिक तथा शारीरिक रुपमा बढि प्रभावित भएका हुन् ।
चैत देखि यता कोबिडको समायमा बढी मानसिक सारिक रुपमा प्रभाब पारेको देखिएको छ रुगाखोकी खानमन नलागने सारिक समस्या आएको बताउनु भयको छ। रुघाखोकी लागेपछि कोभिड हुनसक्ने भन्दै मनमा त्रास सिर्जना भइराख्ने, खान मन नलाग्ने र भाइरसले मृत्यु हुनसक्ने डरले अधिकांस मानिसको मानसिक रुपमा समस्या देखिएको हो ।
कोभिडले सबैभन्दा किशोर किशोरीको आत्मबल कमजोर भयो । ब्लड पे्रसर उच्च भई फोक्सो सम्बन्धि रोग भएका मानिस मानसिक रुपमा विक्षिप्त भए, मनोबिमर्शकर्ता आचार्यले भने,‘ मानिसलाई कोभिड १९को बढि मानसिक प्रभाव देखियो । ’
उनले कोभिडबाट जोगिनको लागि उच्च सतर्कता अपनाउने,शारीरिक ब्यायम गर्ने,मास्क नियमित लगाउने, साबुनपानीले नियमित हात धुनु पर्ने बताए । यसको साथै सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्न सुझाव दिए ।
पहिले धेरै मानिस शारीरिक तथा मानिसक समस्याका बारेमा सझुाव लिन आउने गरेको भएपनि कोभिड पछि परामर्श लिन आउन पनि डर मान्ने गरेको प्रतिक्रिया दिए ।सामान्य बिरामी हुदा पनि घरमा लुकाएर राख्ने, अस्पताल लैजादा कोरोना पोजेटिभ हुन सक्ने आशंका गर्ने गरेको भेटियो । उनले भने,‘कोरोना खोप आइसकेकोले कुनै समस्या हुनेछैन । तर उच्च सतर्कता अपनाउन जरुरी भने अहिले पनि छ । ’
उनले रेडियो सुनेर,पत्रपत्रिका पढेर, टेलिभिजन हेरेर कोभिडबारे जानकारी हासिल गर्न सकिने भन्दै आगामी दिनमा पनि सचेत रहन आग्रह गरे । यदि कसैलाई मानसिक रुपमा समस्या देखा परेको खण्डमा मनोबिमर्शकर्ता संग भेटेर परामर्श लिन सकिने बताए ।
a

सम्बन्धित शीर्षक