घरेलु हिंसा विरुद्ध सुर्खेतका सरोकारवाला

सुर्खेत । घरेलु हिंसा विरुद्ध सुर्खेतका सरोकारवाला निकायले एकजुट भएर अघि बढ्ने बताएका छन् । सुर्खेतसँगै कर्णाली प्रदेशमा विद्यमान विभिन्न प्रकृतिका घरेलु हिंसा न्यूनिकरणका लागि एकजुट भएर अघि बढ्ने सुर्खेत स्थित सरोकारवाला निकायको भनाइ छ ।

द एसिया फाउण्डेशनको आयोजना, नेपाल कानुन समाज तथा नागरिक संवाद कर्णाली प्रदेश सुर्खेतको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न घरेलु हिंसा सम्बन्धि कानुनी व्यवस्था तथा चुनौतीबारे छलफल कार्यक्रममा सहभागी सरोकारवाला निकायले यस्तो बताएका हुन् । उनीहरुले आफ्नो टोल तथा समाजमा हुने सबै प्रकारका घरेलु हिंसा विरुद्ध पीडित पक्षको न्यायका लागि आवज उठाउने बताएका छन् ।

घरेलु हिंसा सम्बन्धि कानुनी व्यवस्था तथा चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै नागरिक अगुवा तथा नागरिक सरोकार संघ सुर्खेतका संयोजक पिताम्बर ढकालले समाजमा घरेलु तथा लैंगिक हिंसाका घटना बढिरहेको बताए । हिंसा न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा विभिन्न कार्यक्रम भइरहेपनि अपेक्षा अनुसार हिंसा न्यनिकरण नभएको बताए । उनले यस बिषयमा सचेतनाका कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउँदै कसैले पनि हिंसा सहेर नबस्न आग्रह गरे ।

साथै आफ्नो टोल समाजमा हुने हिंसा विरुद्ध सबैलाई एकजुट भएर लाग्न उनको अनुरोध छ । उनका अनुसार महिला, बालबालिका तथा बृद्धाबृद्धहरु बढि हिंसाको सिकार भएको पाइन्छ । हिंसामा परेका व्यक्तिले सम्बन्धित कार्यालयमा तथा बैतनिक वकिलको सहायतामा अदालतमा उजुरी दिनसक्ने बताए ।

इन्सेक प्रतिनिधि विन्दुलाल रेग्मीले घरेलु हिंसाका घटना न्यूनिकरण्मा चुनौती रहेको भन्दै शिक्षामा सबैको समान पहुँज पु¥र्याउन आवश्यक रहेको बताए । द एसिया फाउण्डेशन कर्णाली प्रदेशका संयोजक विशाल आचार्यले न्यायमा समान पहुँच बृद्धि गर्नुका साथै न्यायिक प्रक्रिया कम खर्चिलो हुनुपर्ने तर्क गरे ।

नेपाल कानुन समाज कार्यक्रम अधिकृत अम्बिका भट्राईले घरेलु हिंसा सम्बन्धि कानुनी व्यवस्था तथा चुनौतीबारे आगामी दिनमा पनि छलफल हुने बताउँदै हिंसा न्यूनिकरणमा सबैले आ आफ्नो तवरबाट लाग्नेपर्ने बताइन् ।

सम्बन्धित शीर्षक