मेमाेरीकिङ बताउने शाहीकाे मृत्युु भएको हल्ला गलत

  ।   १३ श्रावण २०७८, बुधबार ०७:२४

सुर्खेत । सामाजिक सञ्जालमा मेमाेरिकिङ बताउने विजयी शाहीकाे मृत्यु भएको खवर एकाएक मंगलबार साँझ बाहिरियाे । यतिसम्म कि शाहीले कुनै समय अभिनय गरेकाे फाेटाे सामाजिक सञ्जालमा राखेर हार्दिक श्रद्धाञ्जलीसम्म दिए ।

तर नेपालीरैबारकाे टिमले आफूलाई मेमाेरिकिङ बताउने शाही मरेकाे हल्ला गलत भएको पुष्टि भएको छ । केही दिन अघि मात्रै गृह जिल्ला कालिकोट पुगेका शाही अचानक वेहाेस भएपछि उपचारका लागि सदरमुकाम मान्म ल्याउन लागिएको थियाे । तर उनकाे बाटाेमै हाेस आएपछि आफन्तले घर लगेकाे र उनी स्वास्थ रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहले बताएका छन् ।
सामाजिक सञ्जालमा आएका हल्ला गलत भएको उनकाे भनाइ छ । उनले आफन्तसँग सम्पर्क गरेर पुष्टि गरेकाे बताए । शाही महावै गाउँपालिका-५  मा रहेकाे कालिकाेट प्रहरीले जनाएको छ ।a

Next Post

जुम्ला जाँदै गरेको मिनि ट्रक कर्णाली नदीमा खस्यो

१३ श्रावण २०७८, बुधबार ०७:२४
सुर्खेत । जुम्ला जाँदै गरेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्गको राकम–मान्म सडक खण्डको शुभाकालिका गाउँपालिकाको एस मोडबाट कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो । नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मिनी ट्रक सडकबाट झण्डै तीन सय मिटर तल कर्णाली नदीमा खसेको पुष्टी जिल्ला […]

सम्बन्धित