विद्यार्थीले गरे एमयू प्रशासनदेखि सबै केन्द्रिय क्याम्पस तालाबन्दी

सुर्खेत । संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विश्वविद्यालयले विद्याथीहरुका मागप्रति वास्था नगेको भन्दै विद्यार्थीले एमयू केन्द्रिय क्यापस, परीक्षा व्यवस्थापन कार्यालय लगायत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चितकालिन ताला लगाएका हुन् ।

विद्यार्थीहरुले यहि साउन ३ गते १८ बुँदे माग तथा ध्यानाकर्षण पत्र विश्वविद्यालय प्रशासनलाई बुझाएका थिए । त्यसपछि विश्वविद्यालय प्रशासन बेखबर जस्तै बनेपछि विद्यार्थी संगठनहरु आन्दोलित हुनुपरेको संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यलय कुइने पानी भिसि, रजिस्ट्रार र सम्पुर्ण डिन कार्यलयहरु, परिक्षा नियन्त्रण कार्यलय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकाय केन्द्रिय क्याम्पसहरु अनिश्चितकालका लागि तालाबन्दी गरिएको विद्यार्थी ममता अधिकारीले जानकारी दिइन ।

उनले सामाजिक संजालमा लेख्दै भनेकि छन्, ‘यदी अझै पनि विद्यार्थीका जायज मागहरू सम्बोधन हुन सकेनन्भने जे पनि हुन सक्छ । यसको सम्पूर्ण क्षतिपूर्ती स्वयंम विश्वविद्यालय र यहाँका पदाधिकारीले लिन पर्नेछ ? विद्यार्थीहरुको स्वास्थ सुरक्षाको ग्यारेन्टी गरियोस् । हाम्रा १८ बुदे मागहरु तत्काल बार्ता बसेर समाधान गरियोस् ।’

यता विश्वविद्यालय प्रशासनले नजिकिदै गरेको परीक्षाको मुखैमा विद्यार्थी संगठनले क्याम्पस तालाबन्दी गर्न उपयुक्त नभएको जनाएको छ ।

सम्बन्धित शीर्षक