स्यानु उपाध्याय जुम्ला।
जुम्लाको चन्दनाथ नगरपालिका क्षेत्र आसपासमा विगत केही समयदेखि देखिएको फोहोर व्यवस्थापनमा ल्याइएको छ केही दिनदेखि नगरपालिकामा हत्तै फोहोर बढ्दो क्रममा देखिएपछि चन्दनाथ नगरपालिका को आयोजनामा फोहोर फोहोर व्यवस्थापन गरेको हो।
नगरपालिकाका आसपासका क्षेत्रहरूमा जुगाड खोला बजारका केही स्थानहरूमा एक्कासि हत्तै फोहोर बढ्दै गएपछि नगरपालिकाले तुरुन्तै फोहोर व्यवस्थापन गर्न लागेको हो
सोमबार नगरपालिकाका क्षेत्रहरूमा फोहोर सरसफाई गर्दैगर्दा यो फोहोर व्यवस्थापनको कुरा दुई चार दिनअघि आलोचनाको बढ्दो क्रममा देखिएको थियो। भनेि चन्दनाथ नगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख तिलक थापाले जानकारी दिएका छन्।
उनका अनुसार चन्दनाथ नगरपालिका भरिको फोहोर व्यवस्थापन गर्नको लागि निश्चित कुनै पनि ठाउँ नभएको र यसमा पनि केही मात्रामा ठाउँ भएर पनि फोहोर व्यवस्थापनमा ती फोरहरू नअटाएको हुनाले स्थानीयहरूलाई समयमै गाडी आएको बेलामा फोहोर गाडीमा हालेर समयमा आफ्नो फोहोर आफै व्यवस्थापन गर्न आग्रह पनि गरेका छन् उनले भने फोहोर फाल्नका लागि हामी पनि निरन्तर लागिरहेका छौं तर फोहोर व्यवस्थापन गर्नको लागि पनि नागरिकको ठूलो भूमिका रहेको हुन्छ। त्यसैले फोहोर व्यवस्थापन गर्न हामी सबैको साझा जिम्मेवारी र दायित्व पनि हो भनी उनले जानकारी दिएका छन्। ।
अहिले फोहोरको चर्चा बजारमा चर्किँदै जाँदा आजसम्मका यी दिनहरूमा नगरपालिकाले किन फोहोर व्यवस्थापन गर्नका लागि उचित ठाउँको व्यवस्थापन गर्न किन सकिरहेको छैन भन्दै चन्दनाथ नगरपालिकालाई एउटा चुनौतीको विषय बन्दै गएको छ।














