जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका युवा अमर विष्टले तातोपानी–८, टोप्ला गाउँका आगलागी पीडित सन्देश शाहीको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
आगलागीबाट प्रभावित परिवारको तत्काल राहतका लागि सानो भए पनि साथ दिने उद्देश्यले सहयोग गरिएको विष्टले बताए। उनी आजै पीडितको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
आगलागीका कारण सन्देश शाहीको घरमा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
पीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि सरोकारवाला निकाय र समुदायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
अमर विष्ट जुम्लामा विभिन्न आपत्–विपद्का समयमा सक्रिय रूपमा समाजसेवामा संलग्न रहने युवाका रूपमा परिचित














