कर्णाली प्रदेश लोकसेवा आयोगले गर्याे विज्ञापन आह्वान

  ।   २७ पुष २०७८, मंगलवार १९:३२

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पदपुर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समुहका अप्राविधिकरप्राविधिक तर्फका विज्ञापन प्रकाशित गरेको हो । प्राविधिक पाँचौं तहको खुला तर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ ।

यस्तै, अप्राविधिकतर्फ सव–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरिएको हो ।

विज्ञापन हेर्नुहोस् :

Next Post

विश्वमै पहिलो पटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण

२७ पुष २०७८, मंगलवार १९:३२
काठमाडौँ — विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न […]