जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ जना घाइते

  ।   १२ मंसिर २०७८, आईतवार ०८:२१

जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

मंसिर २१ र २२ गते काठमाण्डौँमा गर्जदै गजेन्द्र

१२ मंसिर २०७८, आईतवार ०८:२१
कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महत कर्णालीका आक्रोश हुन । कर्णालीका हरेक सवालमा राज्य बेखबर भएको भन्दै सांसदमा उनी निरन्तर खबरदारी गर्छन । आक्रोश पोखेर जनताको आवाज बोलिरहन्छन । तर सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाण्डौँँ जादैछन । उनी यो पटक सांसदमा बोल्ने […]