किर्डाक नेपालले जुम्लामा कृषि कचहरी गर्दै

लक्ष्मी न्याैपाने

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा कृषि कचहरी गरन लागेकाे छ।

कृषिमा राम्रो सम्भावना भएको कर्णालीका लागि सरकारले कृषिसँग सम्बन्धित नीति ल्याउन नेतृत्वदायी छलफल गर्नका लागि बुधबार कृषि कचहरी गर्न लागेकाे हो।

खस भाषाबाट लिइएको कचहरी शब्दले इतिहासमा मुद्दा छिन्ने जस्तो देखिए पनि वर्तमान समयमा परिवर्तनका लागि सम्बाद भन्ने भाष्य निर्माण गर्नका निम्ति कचहरी गर्न थालिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताउनु भयाे ।

जुम्लामा गरिने कृषि कचहरीले सबै तहका सरकारको कृषि सम्बन्धि नीति बनाउन सहयोग गर्ने आशा लिएकाे उहाँकाे भनाइ छ ।

उहाँका अनुसार, सरकारले आउँदो आर्थिक वर्षमा बन्ने बजेटमा कर्णालीको कृषिका योजना राख्ने र दिर्घकालीन योजनामा कृषि सम्बन्धि योजना समेटिने गरि कार्यक्रमको तयारी गरिएको बताउनु भयाे ।

प्रशस्तै सम्भावना भएको कर्णालीका रैथाले बालीबाट आत्मनिर्भर हुन सक्ने गरि व्यापक रुपमा छलफल चलाउन थालिएको किर्डाक नेपालकी अध्यक्ष सम्झना मल्लले बताउनु भयाे ।

‘हाम्रा स्थानीय उत्पादनले हाम्रो स्वास्थ बलियो हुन्छ। तर यही कुरा हामीले थाहा पाएनौं, उहाँले भन्नुभयाे, ‘अब हामी निरन्तर छलफल र बहसको माध्यमबाट कर्णालीको कृषि क्षेत्रमा देशको ध्यानाकर्षण गराउँछु।

कार्यक्रममा कृषि क्षेत्रका विज्ञ, सरकारी निकायका प्रतिनिधि, कृषि क्षेत्र अनुभवी व्यक्ति र किसानुको उपस्थिति रहने किर्डाक नेपाल जुम्लाका कोर्अर्डीनेटर दिपराज रावतले बताउनु भयाे।

 

सम्बन्धित शीर्षक