जुम्ला‐रारा अल्ट्रा म्याराथन हुँदै

जुम्ला‐रारा अल्ट्रा म्याराथन हुँदै
लक्ष्मी न्याैपाने
कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी बैशाख १ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन हुने भएको छ। १ हजार सम्म खेलाडी सहभागी गराउने लक्ष्य राखिएकाे छ।जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको बताए। उनले भने, ‘अहिले आयोजना गरिएको तेस्रो म्याराथन प्रतियोगिता हो। अहिले आयोजना हुने म्याराथन पाँचाैं रहेको जनाइएको छ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालछेउमा समापन हुनेछ। जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यवसायिक खेलाडीले पाँचदेखि सात घन्टामा पार गर्छन्।

आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई एक लाख पुरस्कार दिइएको थियो। यो संस्करणमा घोषणा हुन बाँकी भए पनि यसअघिको भन्दा धेरै हुने बताइएको छ। प्रतियोगिताका उत्कृष्ट ५ खेलाडी पुरस्कृत हुनेछन्। म्याराथन सम्पन्न गर्न पैतिस लाख खर्च हुने अनुमान छ। म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क ताेकिएकाे छ। सो रकमबाट रारातालको वाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ। आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने अध्यक्ष शाहीले जनाइएको छ।

#म्याराथन # जुम्ला‐रारा अल्ट्रा म्याराथन

सम्बन्धित शीर्षक