महिलाहरुको कार्यबोझ घटाउन थ्रेसर मेसिन

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाका महिलाहरुलाई कार्यबोझ घटाउन थ्रेसर मेसिन दिइएको छ । जिल्लाको चन्दननाथ नगरपालिका,तातोपानी र गुठिचौरका ४ वटा समुहका ४८ जना महिलाहरुलाई थ्रेसर मेसिन दिइरहेको हो ।
वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाद्धारा संचालित जीविको पार्जन परियोजना अन्र्तगत धान र गहुं चुट्ने मेसिन दिइएको जीविकोपार्जन अधिकृत सरु महतले जानकारी दिइन् । उनका अनुसार ६८ हजार रुपैयॉ बराबरका चार वटा मेसिन दिइएको हो । पहिलो चरणमा मेसिन चलाउने सीप प्रदान गरेपछि उनीहरुलाई मेसिन दिइएको थियो ।
थ्रेसर मेसिन चलाउन सक्ने सीप दिएपछि मात्रै मेसिन उपलब्ध गराएकोले महिलाहरुलाई चलाउन सहज हुने महतले बताइन् । यो सिजन गहुं चुट्ने भएकोले समयको बचत पनि हुने मेहनत पनि निकै कम लाग्ने आशा गरिएको छ ।
धान र गहुं चुट्ने मेसिन पाएपछि दैनिकि पनि सहज हुने र समयको पनि बचत हुने तातोपानी ५ की स्थानीय एकुमाया चौलागाईले बताइन् । उत्पादन भएको गहुं र धान चुट्नका लागि धेरै समय लाग्ने गथ्र्याे, उनले भनिन्,‘अब सहज हुनेछ ।’
गाउ‘का अन्य किसानहरुलाई मेसिन भाडामा दिएर पनि आर्थिक आयआर्जन गर्न सकिने उनको भनाइ छ । सरकारले नै कृषि क्षेत्रमा आधुनिकिकरणको पहुंच संगै कृषकहरूले आफ्नो खेतबारीमा उब्जाएका बाली भित्रेयाउन सहज बनाउने लक्ष्यका साथ सामग्री प्रदान गरिएको परियोजना संयोजक महतले बताइन् ।
धेरै खेति भएका किसानहरूलाई यी सबै समस्या समाधानका लागि बाली चुट्ने काम देखि, जोत्ने सम्याउने सबै काम कृषियन्त्रले गरेपछि श्रम, लगानी र समय सबैको बचत भएको पाइन्छ ।

सम्बन्धित शीर्षक