जुम्लामा नारी दिवसमा मैत्रीपुर्ण फुटबल

कर्मचारी मिलन केन्द्रको आयोजना र नेपाली सेनाको समन्वयमा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसमा अवसरमा मैत्रीपुर्ण फुटबलको खेलको आयोजना गरेको छ । मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र निजामति कर्मचारीको टिमले भाग लिएका छन ।
पहिलो दिन भएको खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सुन्यका विरुद्ध दुई गोलले पराजित गरेको थियो । नेपाल निजामति कर्मचारी टिमले नेपाली सेनालाई पनि सुन्यका विरुद्ध दुई गोल गरेर हराएको हो । पहिलो खेल नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच भएकोमा सशस्त्र प्रहरीका विनोद रावलले खेल शुरु भएको ३४ मिनेटमा गोल गरेर खाता खोलेका थिए । खेल शुरु भएको ५४ औँ मिनेटमा उनले अर्को गोल थपेर जीत सुनिश्चित गरे । नन्दाबक्स गण र नेपाल निजामति कर्मचारी बीच भएको दोस्रो खेलमा खेल शुरु भएको १७ मिनेटमा सुनिल थापामगरले पहिलो गोल गरेका थिए । रविन शाहीले ३७ मिनेटमा अर्को गोल थपेर आफ्नो टीमलाई जिताएका हुन ।
नेपाल प्रहरीका धनबहादुर विक र सशस्त्र प्रहरीका रामेन्द्र चौधरीले एलो कार्ड पाएका थिए । खेलमा महिला कर्मचारीले समेत भाग लिएका थिए । फाइनल खेल मंगलबार विहान सशस्त्र प्रहरी र नेपाल निजामति कर्मचारी बीच हुने नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले रेफ्रिलाई बल दिएर मैत्रीपुर्ण फुटबल खेलको उद्घाटन गरेकी थिइन । सादोबाटो योङ स्टार क्लबका कोच मदन बुढ्थापाले रेफ्री गरिरहेका छन । फुटबल खेलाडी रविन भण्डारी र जीवन बुढ्थापा लाइन्स म्यानको भुमिकामा छन ।
खेल निकै रोचक र मैत्रीपुर्ण भइरहेको स्थानीयले बताएका छन । पहिलो र दोस्रो हुने टीमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको गणपति थापाले जानकारी दिए । ११२ औँ महिला दिवसमा अवसरमा नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत एक एक महिला कर्मचारीलाई सम्मान पत्रले सम्मान गर्ने कार्यक्रम रहेको समेत उनले बताए ।

सम्बन्धित शीर्षक