जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले अध्यक्षमा पाण्डे र सदस्य सचिवमा आचार्यलाई जिम्मेवारी दिएको हो ।
अध्यक्ष पाण्डेले सुर्खेतमै सपथ ग्रहण गरेकोमा सदस्य सचिव आचार्यले बुधवार सपथ लिएकी हुन । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पाण्डेबाट सदस्य सचिव आचार्यले सपथ लिएकी हुन ।
सदस्य सचिव आचार्य कर्णालीमा एक मात्र सदस्य सचिव नियूक्त भएको खेलकुद विकास समितिका प्रमुख बरमबहादुर महतले जानकारी दिए । अध्यक्ष पाण्डे जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ का स्थायी वासिन्दा हुन भने आचार्यको घर गुठिचौर ५ रहेको छ । खेलकुद क्षेत्रमा पुराना र नयाँ अनुभव भएका सवै व्यक्तिहरु सँग समन्वय गरेर जिल्लाको खेल विकासलाई अगाडि बढाउने उनले बताइन ।
सदस्य सचिव आचार्यले कर्णाली सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने र जुम्लाको खेल क्षेत्रको बढ्वाको लागि सवैको सहकार्यमा अगाडि बढ्नेमा जोड दिइन ।
कोरोना प्रभावका कारण यो बर्ष राष्ट्रपति रनिङशिल्ड देखी खेलकुदमा धेरै क्रियाकलाप गर्न नसकिएको खेलकुद विकास समितिले जनाएको छ । खेलकुदले अव स्थानीय सरकार सँग पनि समन्वय गरेर खेल क्षेत्रको विकासका लागि अघि बढ्न आवश्यक रहेको उनले बताइन ।
२०६४ सालबाट राजनितिमा सक्रिय रहेकी सदस्य सचिव आचार्य विद्याथी हकअधिकार र महिला अधिकारका बिषयमा वकालत गर्दै आइराखेकी छिन । हाल अनेम संघ (क्रान्तिकारी) गुठिचौर गाउँपालिका सदस्य हुन । खेलकुद क्षेत्रमा महिलाको प्रतिनिधित्व समान हुनु पर्ने बिषयमा आफुले आवाज उठाउने उनले बताइन । उनले भनिन्,‘कर्णाली खेलकुद क्षेत्रको राम्रो संभावना बोकेको क्षेत्र हो । खेलक पर्यटनका हिसावले पनि निकै संभावना देखिन्छ । सबै मिलेर खेलकुद क्षेत्रको प्रवद्र्धनमा लाग्नेछौँ । ’
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदको नारालाई साकार पार्दै जुम्लामा राष्ट्यि तथा अन्तराष्ट्यि खेलाडी उत्पादन गर्न सक्ने गरि खेलकुद क्षेत्रको विकास हुनु पर्नेमा जोड दिइन् ।