मौरिन्होले छाने विश्‍व फुटबलका उत्कृष्ट तीन खेलाडी

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मौरिन्होले आफ्नो फुटबल करियरका लागि उत्कृष्ट तीन खेलाडी छनोट गरेका छन् ।

उनले आफ्नो फुटबल करियरमा उत्कृष्ट तीन खेलाडीको सूचीमा बार्सिलोना तथा अर्जेन्टिनाका खेलाडी मेस्सी, ब्राजिलिन स्टार पेले र अर्जेन्टिनाका स्टार खेलाडी म्यारोडोनालाई राखेका छन् ।

मौरिन्होले स्पोर्टस् बिब्लेसँगको कुराकानीमा यस्तो बताएका छन् । पोर्चुगली प्रशिक्षक पछिल्लो समय प्रिमियर लिग क्लबमा प्रशिक्षण गराइरहेका छन् । मौरिन्होको प्रशिक्षकत्वमा रहेको टोटेनहमले लिगको पहिलो खेल हारबाट सुरु गरेको थियो ।

“मेरा लागि विश्व फुटबलमा उत्कृष्ट तीन खेलाडीमा मेस्सी, पेले र म्यारोडोना छन् । ब्राजिलियन स्टार रोनाल्डो पनि मेरा लागि उत्कृष्ट खेलाडीमा पर्छन् । तर, शीर्ष तीनजना छान्नु पर्दा मैले यी खेलाडीहरुलाई नै छान्छु,” मौरिन्होले भने ।

सम्बन्धित शीर्षक