खेतियोग्य जमिन बगर बनेपछि, किसान चिन्तामा

गणेश रावत,
बेमौसमि वर्षासँगै आएको बाढिले जुम्लि बासिको खेतियोग्य जमिन बगाएको छ । खेति र्गदौ आएको जमिन बगाउँदा जुम्ली किसान भोकमरी हुने चिन्तामा छन् । यहि कार्तिक १ देखि ३ गते सम्मा परेको अविरल वर्षासँगै आएको बाढिले जुम्लाका ८ सय किसान प्रभावित भयका छन् । जिल्ला प्रशासन कार्यलय जुम्लाले तयार पारेको तथ्याक अनुसार जुम्लाका ८ सय नागरिक प्रभावित बनेका छन् । तिला गाउँपालिकामा १३ हेक्टर जमिन कटान गरेको छ।

जसले १ सय ४१ मेट्रिक टन मार्सीधानमा क्षति पुगेको छ । तातोपानीमा ८ हेक्टर जमिन कटान भएकोमा २ सय २९ मेट्रिकटन धान नष्ट भएको हो। जिल्लाभर १ हजार ४ सय ५० हेक्टरमा लगाइएको मा ७ सय ८ मेट्रिकटन धानबाली भिजेर नष्ट भएको छ। सिँजा गाउँपालिका १ देखि ६ वडासम्म ७ सय ६९ मेट्रिकटन मार्सीधानमा क्षति भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मकैबाली ५ सय ८२ मेट्रिकटन र २ सय ९० मेट्रिकटन सिमीबालीमा क्षति पुर्याएको हो । बेमौसमि वर्षासँगै आएको बाढिले कालि कार्सी धानमा ठुलो क्षेति पुरायको कुषि विकास कार्यलय जुम्लाका प्रमुख बालकराम देवकोटाका बताउँनु भयो ।

सबै भन्दा अग्लो ठाउँमा फल्ने कालि मार्सी धान लगाउँने खेतनै बगाउँदा किसान चिन्तित भएका छन् । खेतिपातीमा आत्मा निर्भर बन्दौ आएका जुम्लि किसान लाई समस्यमा भएको वताएका छन् । मार्सी धानको विउकिनेर किसान लाई दिने बताएका छन् । तर खोति योगय जमिन बगाउँदा किसानको बाच्ने आधार नै हरायको छ । विउँको लागि समस्या नहुने उनले वताएका छन् । बेमौसमि वर्षाले देश भर क्षेति पुरायको छ । तर जुम्लामा किसानको खेतियोग्य जमिन बगरमा परिणत र्गदा किसान मारमा परेका छन् । धाबालि नष्ट हुदा किसानमा भोकमरि हुने चिन्तित बोको किसान अभिराज चौलागाईले बताएका छन् ।

आउँदो समयमा खेतिपाति गर्न समस्या भयको दुखेसो पोखे । सरकारले दिएको राहत प्राप्त मात्र नहुने बताएका छन् । जुम्लामा मानविय क्षेति धेरै नभएपनि खेतियोग्य जमिनमा ठुलो क्षेति पुरायको चौलागाईले बताएका छन् । घर परिवार कसरि पाल्ने किसानलाई चिन्ता भएको छ । बेमौसमि वर्षाले जुम्लाबासीको धेरै धनमाल नष्ट गरेको छ। किसान लाई छिट्टै राहत उपलब्ध गरिदीन आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षक