लक्ष्मी न्यौपाने,जुम्ला ।
तीन बर्षअघि जुम्ला तिला गाउँपालिका ६ की ३५ बर्षिया सीता रावतको अवस्था निकै कष्टकर थियो । उनी आर्थिक रुपमा नाजुक हुंदा घरखर्च जुटाउन समेत हम्मेहम्मे भइरहेको थियो । तर जब उनले कल चलाएर सिलाइकटाइ सीप सिक्न सुरु गरिन । अहिले उनको दुःखका दिन दुर भइसकेका छन् । अहिले गाउँको आशा र भरोसा हुन सीता ।
पहिले मल पर्सो गरेर पनि छाक टार्न समस्या हुने गरेको सीतासंग अहिले सिलाइकटाइ गरेर परिवारको खर्च धानिरहेको गर्विलो अनुभव छ । तीन बर्ष अघि सीताले तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले दिइएको सिलाकटाइ तालिममा सहभागि हुने अवसर पाइन् ।
त्यो सीपको गाउँमा गएर भरपुर प्रयोग गरिन । सिलाइकटाइमै भविष्य देख्न थालेपछि कालिका बहुद्धेशीय सहकारी संस्थाबाट क्रृण निकालेर भएपनि कामलाई नियमित अघि बढाइन् । अहिले उनको मासिक आम्दानी ३० देखि ३५ हजार रुपैयॉ पुग्छ ।
गाउ‘ देखि झण्डै एक घण्टाको पैदलदुरीमा पर्ने मानेचौरमा उनको टेलर पसल छ । धोती,चोलाहरु,भोटाहरु,कुर्ता,सुरुवाल सबै सिलाइन्छ । उसो त उनी स्कुल पोशाकहरु सिलाउदै आएकी छिन । गत बर्षमात्रै तीन गाउ‘मा रहेका तीन विद्यालयका तीन सय विद्यार्थीको स्कुल पोशाक आफैले सिलाएको उनले बताइन् ।
पसल सुरु गर्दा रुपैयॉ निकै कम थियो । अहिले लोन निकालेर मासिक १० हजार किस्ता व्याज तिरिरहेको छु । कहिलेकाही त एक दिनमै १० देखि १२ हजार रुपैयॉ कमाइरहेको उनको भनाई छ ।
पहिले केही जानेकी थिइन् । पुख्र्यौंली पेसा कुटो कोदालीमै दिन वितिरहेको थियो,सीताले भनिन्,‘अहिले खेति छोडेर व्यवसायमा लागेकी छु । पहिले बच्चाको किताब कापी किन्न नसकेकी मैले अहिले बालबच्चा राम्ररी पढाइरहेकी छु । ’ उनका दुई छोरा र एक छोरी छन । घर नजिकैको सामुदायिक विद्यालयमा पढिरहेका उनीहरुलाई कुनै कुराको पनि कमि हुन नदिको सीताले बताइन् ।
उनको श्रीमान मिस्त्री काम गर्छन । पहिले घरबाहिरका कामको शिलशिलामा निस्कदा श्रीमान संग पैसाको लागि गुहार गर्ने सीता अहिले उल्टै श्रीमानलाई पैसा दिएर खुसी बनाइरहेकी छिन ।
उनी अहिले वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा भएको सिलाइकटाइको पुर्नरताजगी तालिममा दौरा,सुरुवाल,कोर्ट र नयॉ डिजाइनका कपडा सिलाउन सिकिरहेकी छिन ।
सीत तिन गाउ‘को एक्लो सिलाइकटाइ गर्ने महिला उद्यमी हुन । गाउँमा सिकेका धेरै छन । व्यवहारमा कार्यन्वयन गर्ने उनी एक्लो हुन । त्यही भएर पनि सिलाइकटाई काममा उनलाई भ्याइनभ्याइ छ ।
विगतका डोको बोकेर खेतहरुमा मल बोकीरहेको स्मरण गर्दै उनले भनिन्,‘अहिले यो सीप सिकेर पैसा पनि कमाइरहेकी छु । सबैले इज्जत पनि गरिरहेका छन । यसैमा खुुसी छु । ’
उनको लगानी बढाएर ठुला मेसिनहरु राखेर काम गर्ने धोको छ । तर लगानीकर्ता भेटिएको छैन् । उनले भनिन्,‘दुर्गम गाउँमा पनि अवसरहरु छन । आफुले मेहनत गरेको खण्डमा पैसाको लागि कालापहाड धाउनु पर्दैन ।