किर्डाक नेपाल र वल्ड भिजनद्धारा सञ्चालित १० दिने स्थानिय रैथाने बालिको परिकार बनाउने तालिम आज सम्पन्न भएको छ। यो तालिमले जुम्ली महिलाहरुलाई रैथाने बालिको परीकार बनाउन सजिलो हुने भएको छ। किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रि भन्डारीले अर्गानिक परिकार बनाएर बिक्री गर्न सकेमा आयआर्जन गर्न सकिने र आर्थिक पक्ष राम्रो भए घरपरिवारमा मनमुटाव कम हुने बताउनु भयो । १० दिने तालिममा सहभागी हुनु भएकी चन्दननाथ नगरपालिका वडा नम्बर पाँच कि अनु कठायतले आफुले सिकेको तालिम तालिममा मात्र सिमित नराखेर व्यवसाय रूपमा लागु गर्न हुन सम्पूर्ण सहभागीलाई अनुरोध गर्नु भएको छ। कठायतले १० दिने तालिममा बिभिन्न किसिमका परिकार बनाउन सिकेको बताउनु भयो। यस्तै अन्य तालिममा सहभागीहरुले गित मार्फत पनि बिभिन्न किसिमका परिकार बनाएर रैथाने बालिको संरक्षण र प्रर्बदन गर्न सकिने बाताएका छन। यस्तै तालिममा सहभागी हुनु भएकी श्रिष्टि देवकोटाले रैथने बालिलाई प्रोत्सान दिनको लागि अर्गानिक बालिबाट केक ,पाउरोटी ,बर्गर दोनट, पिज्जा ,बिस्कुट, आदि बनाउन सिकेको बताउनु भयो। माछा मारेर दिने भन्दा पनि माछा मार्र्र्ने तरीका सिकाएको प्रशिक्षक चित्र बहादुर बुढाले बताउनु भएको छ। प्र्रशिक्षक बुढाले बजारमा पाउने दस रूपैयाको जंक फुड किने खानु भन्दा हामिले बनाएर १५ रूपैयाँमा बिक्री गर्न सकेउ भने आर्यआर्जनमा टेबा पुग्ने बताउनु भयो। उधोग बाणिज्य संघका सदस्य नन्द गुरूङले जुम्लामा उत्पादन भएको रैथाने बालिको परिकार बनाएकोमा किर्डाक नेपाल जुम्ला लाई धन्यवाद दिनु भयो। पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहिले बिभिन क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपालले अर्गानिक क्षेत्रमा पनि काम गर्दै आएकोमा खुसि व्यत गर्नु भएको छ। पत्रकारहरुले कलम चलाएर भएपनि रैथाने बालिको प्रर्बदन र संरक्षण गर्नमा सहयोग गरी रहेको र गर्ने बताउनु भयो। । यस्तै नगरपालिका तिनाका वडा अध्यक्ष रतन बहादुर खत्रिले तालिममा सहभागी हुनु मात्र ठुलो कुरा नभएको सीप सिकेर लागू गर्नु पर्ने बताउनु भयो। सहभागीले सिप सिकेर लागू गरे नगरेको पत्ता लगाउन पुन अनुगमन गर्नु पर्ने बताउनु हुन्छ वडा अध्यक्ष खत्री। यस्तै सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बिभिन १७ वटा रैथाने वालि बाट बनेका परिकार ओभनबाट नभई दाउरा बाट बनाएकोमा खुसि भएको बताउनु भयो। समापन कार्यक्रमा सहायक जिल्ला अधिकारी रिजालले अबका दिनमा स्थानिय परिकारले बजार पावोस भनि सुभकामना दिनु भयो। उहाले जिल्ला प्रशासन कार्यलयबाट पनि सक्दो सहयोग गर्ने प्रतिवदता गर्नु भएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचायर्ले बिवाह वर्तबन्ध तथा छोरा जन्मेका ठाउँमा पनि यस्ता स्थानीय बालिबाट बनेका परिकार लिएर आफन्त ईष्ट मित्रको घरमा जादा यी परिकार लिएर जानू होला र यस्ता परिकार खान पाउन भनेर सहभागीलाई सुभकामना दिनु भयो । यस्तै कार्यक्रमको समापन गर्दै रेडियो कर्णालिका स्टेसन म्यानेजर गोर्ख थापाले तालिम लिई सकेपछि व्यवहारमा लागू गर्नु पर्ने र आफ्नो ठाउँमा भएका स्थानीय वालिबाट बिभिन परिकार बनाउन सकिने बताउनु भयो।