कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार देखि कुडा कर्णालीका तेस्रो संसकरण सुरु भएको छ । कर्णाली जल ,जमिन , जंगल मात्र सम्पित होइन । यहाँको कला ,भाषा ,सास्कृति को गन्तव्य भएको आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए । आज कर्णाली उत्सवको दोस्रो दिन । कुडा कर्नालीकाको तेस्रो संस्करण झरो उजेलोको खरो पत्रकार महेश नेपालीले कार्यक्रम सञ्चालक ,प्रतिनिधि सभा सदस्य जुम्लाका गजेन्द्रबहादुर महत,नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ,बिउरावारी जलविद्युत निमार्ण आयोजना समिति अध्यक्ष निशा राना वक्ता रहेका थिए ।
कर्णाली बासिको यो एउँटा चासो गुनासोको विषय पनि हो । कर्णालीका अधिकांश बस्ती अहिले पनि टुकिको भरमा चल्दै आएका छन् । आजको कार्यक्रमा सहभागीले कर्णालीमा हावा उडायको पात लागे विद्युत जाने ? कहिले सम्म अध्यारोमा वस्ने ? लगायत विभिन्न प्रश्न विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाइ गरेका थिए । समग्रमा सबैको जवाफ दिदै अब कर्णालीमा हावाले लगेको पातले हैन अब रुख लागे पनि विद्युत नजाने बताए । अहिले कोरोनाका कारण केहि कामहरु ढिला भएको बताए । एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्यानइने बताएका छन् ।
उनले बर्दिया राष्ट्रिय निकुञ्ज र वन क्षेत्रका कारण प्रसारणलाइन विस्तारको काम केही ढिलो भएको बताए । कर्णालीमा हजारौं मेगावाट विद्युत उत्पादनको संभावना छ । कर्णाली चिसापानीमा १० हजार आठ सय मेगावाट विद्युत उत्पादनको संभावना छ, त्यसको काम सुरु गर्न सकेको खण्डमा कर्णालीले विद्युतसँगै पर्यटनबाट राम्रो लाभ लिन सक्ने बताए ।’कर्णालीमा राष्ट्रिय प्रसारणलाइन विस्तार भएका क्षेत्रमा देखिएउका विभिन समस्याको समाधानको लागि कैलालीको सोल्टा र सल्यानबाट समेत ३३र३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।
‘सुर्खेतको छिन्चुसम्म चार सय केभी र दैलेखको चुप्रासम्म १३२ केभी प्रसारण लाइन विस्तारको काम भइरहेको छ प्राधिकरणका निर्देशक घिसिङले भने कैलाली र दाङ हुँदै सल्यानबाट पनि कर्णालीमा विद्युतीकरणको प्रक्रिया सुरु भएको छ । उनले दुई वर्षभित्र कर्णालीका सबै जिल्लामा विद्युत प्रसारण लाइन पुर्यारइने बताए । हाल जुम्लासम्म पुगेको विद्युतको राष्ट्रिय प्रसारण लाइनलाई मुगु, हुम्ला र डोल्पासम्म पुर्याउनुका साथै साविकका कर्णालीका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट राख्नका लागि अध्ययन भइरहेको छ ।
त्यस्तै प्रतिनिधि सभा सदस्य जुम्लाका गजेन्द्रबहादुर महतले आफु जुम्लाबाट प्रतिनिधि सभा सदस्य भए लगातै जुम्लाको तिला गाउँपालिकामा जलविद्युत आयोजनाको काम भइरहेको बताए । उनले कार्णालीका कुरा नसुने पछि गत महिना मात्र जुम्ला देखि पञ्चेबाज सहित काठमाडैं विद्युत प्राधिकरण कार्यलय पुगेका थिए । टुकिको भरमा डिग्री, बेज्लर पढ्नु परेको विद्यार्थी तथा युवाले दुखेसो पोखेका थिए ।