गणेश रावत,
जुम्लामा एमविविएस शुरु भए सँगै चहल पहल बढ्एको छ । जुम्लाको च्यारेचरमा मेडिकल हव बन्ने भएको छ । भौगोलिक विकट मानिने कर्णाली अब मेडिकल हव बन्ने भएको छ । गत २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु उद्धाटन पछि मेडिकल हवको तयारी गरिएको छ । जहाँ सिटमलको अभावमा कतिपयले ज्यान गुमाएका थिए । जुम्लामा एमविविएस शुरु भए सँगै चहल पहल थप बढ्दै गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।
अहिले जुम्लामा एमविविएस पढाइ हुदा जुम्लाका बासिन्दा खुशी भएका छन् ।
उपकुलपति डाक्टर मंगल रावलका अनुसार प्रतिष्ठानले एमविएस शुरु गरे पछि मेडिकल हवको रुपमा अगाडि बढाउन दुई दर्जन वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाईएको बताए । उहाँका अनुसार अव च्यारेलाई प्रतिष्ठानको दिर्घकालिन योजना अनुसार मेडिकल हवको रुपमा बिस्तार गरिनेछ । एमविविएस लगायतका कार्यक्रमहरु अध्यन अध्यापन गराउन चन्दननाथ नगरपालिका ३ का स्थानीयको सहयोगमा प्रदान गरिएको निशुल्क जग्गाको उक्त स्थान च्यारे चौरमा एक भवन भने शुरुवात भईसकेको छ । रसुवा कम्पनीले शुरुवात गरेको सो भवन स्थानमा २३ वटा भवन बन्नेछन् ।
कर्णाली प्रदेश भौगोलिक , सास्कृतिक ,जल , जमिनको धनी मानिन्छ । जहाँ पहिला समान्य अप्रेसनको लागि डाक्टर कुर्नु पर्थो । अब कर्णालीले डाक्टर उत्पादन गर्न भएको छ ।
डाँफे लेक नजिक रहेको सो क्षेत्रमा च्यायारे क्षेत्रमा संसारकै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव हुने उक्तिकै सम्भावना छ । हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने छन् । रजिष्ट्रार नृपेन्द्र महतका अनुसार च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीनसय रोपनी दर्ता भईसकेको बताउनुभयो । सोही क्षेत्रमा शैक्षिक भवनहरु ठूलो मात्रामा लगाईने योजना नेपाल सरकारका समक्ष पेश गरिएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शैयाको अस्पताल क्षेत्रमा अहिले एमविविएस लगाएतका कक्षाहरु संचालन भईरहेका छन् । बर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु संचालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । उहाँका अनुसार राष्ट्रपति भण्डारीले उद्धाटन गर्नुभएको भवन च्यारेमा नवने सम्मका लागि त्यही अध्यापन हुने बताउनुभयो । पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापना पछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु संचालन भईरहेका छन् ।