उनले भनिन्, ‘परिपक्व उमेरमा विवाह गर्नुपर्ने भन्दै परिवारले सुझाव दिन्छ। बालविवाह सामाजको एउटा रोग जस्तै हो। बालविवाहले शारीरिक, मानसिक र संवेदनात्मक रुपमा असर पार्छ।’ त्यही भएर परिपक्व भइसकेपछि परिपक्क उमेरको युवासँग विवाह गर्ने उनी बताउँछिन्। उनले गाउँमा बालविवाह गर्नेलाई चुनौती बन्ने बताइन्। ‘उनीहरूका अगाडि परिपक्व उमेरमा विवाह गरेर देखाउँछु। घरपरिवारले पूर्ण साथ दिएका छन्,’ उनले भनिन्, ‘यसैबाट सुरु हुनेछ बालविवाह अन्त्य अभियानको प्रारम्भ।’सिँजाकै रामकली सन्ज्यालले छोराछोरीको इच्छाविपरीत बालविवाह गर्ने चलनले समाज अस्वस्थ बन्दै गइरहेको बताइन्।उनले भनिन्, ‘कम उमेरमै विवाह गरेर अपरिपक्व सन्तान जन्माउनु पनि समाजका लागि ठुलो समस्या हो। सभ्य समाज बनाउन सबै परिपक्व भएर मात्र विवाह गर्नुपर्छ।’ छोरीको इच्छा नभए पनि आमाबुबाले टिपेर दिने चलन थियो।अहिले त्यो छैन।२० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्ने जागरण गाउँमा फैलन थालेको छ। पहिले जस्तो छैन। उनले भनिन्, ‘हामी कम उमेरमा छोरी दिँदैनौं। बुहारी पनि ल्याउँदैनौं। परिपक्क भइसकेपछि मात्र विवाह गर्न सुझाउँछौं।’गत वर्ष उनकी १९ वर्षकी छोरी पोइल गइन्। २० वर्ष नहुँदासम्म विवाह गर्न मिल्दैन भनेर घर फर्कायौं,’ उनले भनिन्, ‘केटाको पक्षबाट विवाह माग्न आए। कानुनले तोकेको उमेर पुगेपछि विवाह गरौंला, त्योभन्दा अगाडि विवाहको कुनै सम्भावना छैन भनेर फर्कायौं। ’सिँजा–३ धापाकी पार्वती सन्ज्यालले १० वर्षको उमेरमा विवाह गरिन्। ‘सानो उमेरमा विवाह गर्दा परिपक्व थिएनौं। भारी बोक्न सक्दैनथ्यौं। स्वास्थ्यका हिसाबले निकै कमजोर थियौं,’ उनले भनिन्, ‘त्यो बालविवाह गर्नेलाई मात्र थाहा छ।अहिले बालविवाह गर्दा भोग्नुपर्ने समस्याबारे बालबालिकालाई अनुभव सुनाउँछौं।२० वर्षअघि विवाह गर्नुहुँदैन।’गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्। कम उमेरमा विवाह गर्दा आमा र बच्चाको अवस्था निकै जोखिमपूर्ण हुन्छ।सुनदेवी सँज्यालले १५ वर्षमा विवाह गरेर १६ वर्षमा बच्चा जन्माइन्। बच्चा जन्माउन गाह्रो भयो। बच्चा कमजोर जन्मियो। खान मन नलाग्ने भयो। उनलाई शारीरिक रुपमा निकै कमजोरी महसुस भयो। उनले भनिन्, ‘बालविवाह गर्नु अकालमा मृत्यु निम्त्याउनु हो।’कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बालविवाह गर्नेलाई सरकारी सेवा नदिने नियम बनेको बताउँछिन्। उनले गाउँपालिकाले बालविवाह रोक्न ऐन, नियम र कार्यविधि बनाएको बताउँदै अब गाउँगाउँमा पुगेर सचेतना फैलाउनेमा जोड दिइन्।‘म निर्वाचित हुँदाताका बालविवाह निकै देखिन्थ्यो। भोजभतेर बहिस्कार गर्ने, बालविवाह गर्नेलाई समाजबाट बहिस्कार गर्ने नीति लिएपछि अहिले निकै कम भएको छ,’ उनले भनिन्, ‘बालविवाह गरेको थाहा पाउनेबित्तिकै दुवै पक्षलाई झिकाएर बालबालिकालाई आ–आफ्नो घर फकाइदिन्छौं। उमेर पुगिसकेपछि मात्र विवाह गर्न सुझाव दिने गरेका छौं।’ स्थानीय तहले कानुन नमान्नेलाई जरिवाना गर्ने व्यवस्था पनि लागु गर्ने भएको छ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणका ग्रामीण बस्तीमा बालविवाह रोक्न सचेतनाका क्रियाकलाप हुन थालेपछि महिला निकै जागरुक भएका हुन्। उनीहरूलाई बालविवाहबारे कानुनी ज्ञानसमेत प्रदान गरिँदै आएको छ।उहाँ
स्थानीय तहका जनप्रतिनिधिलाई जिम्मेवार बनाउँदै बालविवाह अन्त्य गर्न आवश्यक पर्ने नीति, ऐन र कानुन तर्जुमाका लागि साझेदारी भइरहेको क्याड नेपाल जुम्लाले जनाएको छ