२०८० सालसम्म सबै नेपालीकाे घरघरमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुर्याउने

नेपाल विद्युत प्राधिकरणले २०८० साल भित्र सबै नेपालीमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुर्याउने भएको छ । प्राधिकरणले हाल ६४ वटा जिल्लामा विद्युत आपुर्ती गरी सकेको जनाउदै आउने दुई वर्षमा देशैभर विद्युत प्रशारण लाइन विस्तार गरी सक्ने जनाएको छ । प्राधिकरणले गत वर्ष कालिकोट,जुम्ला गरी ७४ जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुर्याएको हो । चालु वर्ष र आउने वर्षमा हुम्ला, डोल्पा लगायतमा गरी ७७ वटै जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुर्याउने लक्ष लिएको उपनिर्देशक धर्मराज न्यौपानेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६-०७७ बृद्धि गरी ५० लाख ७८ हजार ग्राहक संख्या रहेको न्यौपानेले जानकारी दिए । हाल ९० प्रतिशत जनतामा केन्द्रीय विद्युत प्रशारणबाट आपुर्ती गराएको उनले बताए । दुई हजार मेगावाट क्षमतामा पुर्याएकोे प्रशारण क्षमतालाई बृद्धि गरी आगामी पाँच वर्षमा १६ सय मेगावाट बृद्धि गरी ३६ सय मेगावाट बनाउने लक्ष राखेको प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले ३६ औं बार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् । २०७८ असार २१ गते उत्पादन शुरु गरेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले पुर्ण क्षमतामा विद्युत उत्पादन गरेसँगै यसै आगामी पाँच वर्ष भित्र १६०० मेगावट क्षमता उत्पादन थप गर्ने लक्ष प्राधिकरणले लिएको छ । विद्युतमा आत्मनिर्भर गर्न विद्युतपुर्ण प्रयोग गरी भारतीय बजारमा विद्युत विक्री गर्ने गरी सम्झौता समेत गरी सकेको उनले बताए ।

हाल १४० मेगावाटको तनहुँ, १११ मेगावाटको रसुवागडी, १०२ मेगावाटको मध्यभोटेकोशी, ४० मेगावटको राहुघाट लगायत आयोजना निर्माण क्रममा रहेको छन् । नेपालको पानी जनताको लगानी नारासहित हाल सम्भाव्यता अध्यनका क्रममा १०६० मेगावाटको अप्पर अरुण, ६३५ मेगावाटको दुधकोशी जलासय, ९५ मेगावाटको तामाकोशी पाँच र १८० मेगावटको आधिखोला जलविद्युत आयोजना लगायत रहेको प्राधिकरणले जनाएको छ । यि आयोजनाहरु पुरा भएपछि प्रशारण क्षमतामा बृद्धि हुने प्राधिकरणले जनाएको छ ।

विद्युत वितरण प्रभावकारी बनाउदै

नेपाल विद्युत प्राधिकरणले मुख्य चुनौतिको रुपमा रहेको विद्युत वितरण लाइनलाई वलियो र प्रभावकारी बनाउने मख्य लक्ष राखेको जनाएको छ । प्रमुख कार्यकारी निर्देशक घिसिङले लोडसेडिङको अन्त्य भएपनि पटक पटक विद्युत काटिने समस्याले ग्राहकमा असन्तुष्टि बडेकाले प्राधिकरण प्रति विस्वास घट्दै गएकाले यसको सुधार तत्कालै गर्ने लक्ष राखेको बताए । प्राधिकरणले रत्नपार्क – महाराजगञ्ज क्षेत्रमा भुमिगत वितरण लाइन विस्तार गरी सकेको र बाँकी सातै प्रदेशका मुख्य शहरहरुमा भुमिगत लाइन र स्मार्टमिटर जडान गर्ने योजन शुरु गरेको छ ।

मुख्य शहरहरुको माग र आपुर्तीलाई मध्यनगर गरी वितरण १३२ केभि प्रशारण लाइन विस्तार गर्ने तयारी शुरु गरेको, वितरण लाइन भुमिगतसँगै तार परिर्वतन गर्ने र गुणस्तरीय सेवाविस्तार गरी ग्राहकमा विस्वास दिलाउने लक्ष समेत गरेको प्राधिकरणले जनाएको छ । लामोदुरी भएर जाने केन्द्रीय प्रशारण लाइनमा दिगो पोल र तारको व्यवस्थापन गर्ने जस्ता योजना तय गरेको जनाएको छ । तिनै तहका सरकारले लिएको स्मार्ट शहर बनाउने लक्षलाई पुरा गर्न झिलिमिली बनाउन प्राधिकरणले आफ्नो दायित्व भएको घिसिङले बताए।

सम्बन्धित शीर्षक