कर्णालीमा कोरोना संक्रमितकाे संख्या २९ हजार ३६२ पुग्याे

  ।   २ श्रावण २०७८, शनिबार १९:३७

सुर्खेत । कर्णाली प्रदेशमा शनिबार २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ५४ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणका क्रममा १९ जना र ९३ जनामा गरिएको एन्टिवजेन विधिको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार सबैभन्दा धेरै कालिकोटमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या २९ हजार ३६२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरबाट शनिबार २७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

यो सँगै सक्रिय संक्रमितको संख्या ७४७ मा झरेको छ । प्रदेशमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति सुर्खेतका हुन् । योसँगै कर्णालीमा कोरोनाबाट मुत्यु हुनेको संख्या ३४५ जना पुगेको छ ।

Next Post

जवा नदिको बालुवा,गरिबको गुजारा

२ श्रावण २०७८, शनिबार १९:३७
जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ बर्षिया बास्मति कुलाल हरेक बिहान ५ बजे जवा नदि किनारमा पुग्छिन् । उनी दिनभर जवा नदिमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदिको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छन । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदिको बालुवामै खेल्छु […]