कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन । उनीहरुले होटल व्यवासाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामाग्री खरिद गरि स्थानीय सरकारलाई प्रदान गर्न थालेका हुन । जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ का होटल व्यवसायी गगन बडुवालले नौ प्रकारको स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर गाउँपालिकालाई बुझाएका हुन ।
उनले भने,‘सबै मिलेर कोरोना संक्रमण हुन दिनु हुदैन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सामुहिक पहलको खाँचो छ । यो एक व्यक्तिगत र सरकारले मात्र नियन्त्रणमा लिन सक्दैन् । सबैले सके जतिको सहयोग गरौँ । कोरोना भाइरस मुक्त स्थानीयतह बनाऔँ । ’
हाटल व्यवसायी बडुवालले पिपिई ५०सेट,हस्पिटल गावन १५० पिस,सेनिटाइजर १ सय एमएलका १८ वोत्तल,गमबुड ४ सेट,एन नाइन्टी फाइभ मास्क ५० पिस प्रदान गरेका हुन । उनले युटिएम १०० थान,ग्लोब्स १ हजार सेट,सुट कभर ५० र हेड क्याप ५० पिस उपलब्ध गराएका हुन ।
होटल व्यवसायी बडुवालले थपे,‘कोरोना संक्रमण रोक्न पहिलो स्टेपमा स्वास्थ्यकर्मी छन् । यो सामाग्री उनीहरुले प्रयोग गरेर संक्रमितको उपचार र रेखदेख गरुन भनेर व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री दिएका छु । यो सामाग्रीको सही रुपमा सदुपयोग भएर कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने आशा छ । ’
उनले कनकासुन्दरी गाउँपालिकालको आँगनमै गएर गाउँपालिका अध्यक्ष नरबीर रावतलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष रावतले भने,‘कोरोना संक्रमण फैलन नदिनकाृ लागि व्यक्तिगत रुपमा व्यवसायीले गरेको साथले खुसि मिलेको छ । यो कार्यले यहाँका उद्योगी, व्यवसायी, शिक्षक,बुद्धिजीवि सबै मिलेर कोरोनो नियन्त्रणमा लाग्ने उर्जा मिलेको छ ।’
स्थानीयतहले कोरोना संक्रमण फैलन नदिन गर्नु पर्ने सवै सावधानी अपनाएको छ । तर सरकारको एक प्रयासले यो संभव छैन् । साथैले साथ दिनुस, कोरोनालाई सहजै रुपमा जित्न सकिने छ । ’
प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले कोरोना संक्रमण रोक्न समग्र गाउँपालिकाबासीको साथ रहेको प्रतिक्रिया दिए । उनले भने,‘कोरोना संक्रमितको उर्जा बढाउनु र संक्रमण रोक्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नु अहिलेको आवश्यकता हो । ’
यसअघि जुम्लाको उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितका लागि लक्षित गर्दै कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।कोरोना संक्रमणका लागि जिल्लामा निषेधाज्ञा छ । होटल, उद्योग,कलकारखाना ठप्प छन । तैपनि होटल व्यवसायी बडुलालले आफ्नै खर्चमा स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर गाउँपालिकालाई दिए ।

सम्बन्धित शीर्षक