अवरुद्ध भएको एक महिनापछि सञ्चालनमा आयो झिम्पेको रिपिटर टावर

सल्यान  । अवरुद्ध भएको एक महिनापछि झिम्पे पाथीभरा रिपिटर टावर सञ्चालनमा आएको छ ।

गत वैशाख १९ गते बिहान परेको चट्याङले ट्रान्सफर्मर लगायतका सामाग्रीमा क्षति पुगेपछि अवरुद्ध हुँदै  आइरहेको थियो ।

छत्रेश्वरी गाउँपालिका वडा न २ र ४ को सिमानामा रहेको रिपिटर टावर शनिवारदेखि सञ्चालनमा आएको नेपाल दूरसञ्चार कार्यालय सल्यानले जनाएको छ ।

नेपालगञ्जबाट नयाँ ट्रान्सफर्मर ल्याएर जोडेपछि टावर सञ्चालनमा आएको कार्यालयका प्रमुख युद्ध बहादुर केसीले बताउनुभयो ।

टावर सञ्चालनसँगै सल्यानका छत्रेश्वरी, त्रिवेणी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका र बागचौर नगरपालिका, रोल्पा र रुकुम पश्चिमका सेवाग्राही सञ्चार सुविधाको पहुँचभित्र आएको छत्रेश्वरी गाउँपालिका २ का वडाध्यक्ष प्रेम बहादुर खड्काले बताउनुभयो ।

२०५४ साल पुस ९ गते तत्कालीन राज्य र विद्रोही पक्षबिचको झडपका क्रममा टावर ध्वस्त भएको थियो । ध्वस्त भएको २३ वर्ष पछि टावर सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको एक महिना नपुग्दै चट्याङले पुनः अवरुद्ध भएको थियो ।

सम्बन्धित शीर्षक