कोरोना कहर : जुम्ली महिलालाई रोग र भोककै डर

  ।   ३ जेष्ठ २०७८, सोमबार १८:२०

जुम्ला चन्दननाथ नगरपालिका ४ की विमला परियारको गर्ने काम ठप्प छ । उनी महामारीको समयमा रोगले भन्दा भोकले मर्ने चिन्ता गर्छिन् । कोरोना संक्रमण फैलदा जनजीवन ठप्पछ । ज्यालादारी काम र्दैनिक रुपमा गर्न सकिएको छ । जंगल तिरबाट दाउरा ल्याएर बेच्न पनि सकिएको छैन,‘उनले कोरोना भाइरस कामदार बर्गको लागि काल बन्यो । न घरमा राम्रो खाना छ । नत दिनभर काम गरेर पैसा कमाउन सकिन्छ । प्रशासनले गरेको निषेधाज्ञाका कारण चल्न फेर्न नपाउदा विहानबेलुकाको गाँसको व्यवस्थापन गर्न कठिन हुन थालेको छ । ’
उनले थपिन, ‘लकडाउन खुलेको भए ज्यालामजदुरीमा काम गरेर भएपनि घर खर्चको जोहो गर्न सकिन्थ्यो ।तर बेरोजगार बस्नु परेको छ । नत काम गर्न पाइएको छ । नत बिहान बेलुका राम्रो खाना । भोको पेटमा बाँच्नु पर्ने अवस्था आउनेमा चिन्तित छौँ । ’
चन्दननाथ ५ की बेला सुनार काम गरेर घर खर्च चलाउने महिला हुन । उनको घरमा दिनभर काम नगरे सम्म साँझ बेलुका चुलो बल्दैन । तर यो बीचमा काम गर्न पाएकी छैनन । लकडाउनले घरबाहिर निस्कन पनि गाह्रो छ । काम गरेर ज्याला कमाउने त सपना मात्र हो । उनले भनिन्,‘ रोग लाग्न नदिन प्रशासनले गरेको निषेधाज्ञा जायज छ । उनले भनिन्,‘तर स्थानीय सरकारले विपन्न र बेरोजगार नागरिकको पहिचान गरेर राहतको व्यवस्था गर्नु पर्ने थियो । त्यो हुन सकेको छैन । एउटा पिरलो खाना कसरी जुटाउने भन्नेमै छ । ’
उनले स्थानीय सरकारलाई संकटका वेला राहत तथा उद्धारका कार्य गरिदिनको लागि माग गरिन । जुम्ला सिँजा गाउँपालिकाकी शान्ता बुढा टेलरिङ गर्छिन । उनी महिलाका सबै प्रकारका लुगा सिलाउँछिन । तर यो बीचमा उनको टेलर बन्द छ । उनले भनिन्,‘बजारमा महंगो भाडा तिरेर टेलर खोलेर लुगा सिलाएर बसेका छौँ । हाम्रो बिहान बेलुकी छाक नै टेलरिङ हो । एकातिर टेलर बन्द छ । अर्कोतिर महामारी कोरोना भाइरसको चिन्ता छ । कसरी जीवन चलाउने होला । ’
कोरोना संक्रमण फैलिएपछि गरिएको निषेधाज्ञाका कारण जीवन तनावपुर्ण अवस्थामा वितिरहेको उनी बताउँछिन ।
भाडा कसरी तिर्ने र बालबच्चाको कसरी पालन पोषण गर्ने पिरलो हुने गरेको बताउँछिन । बिमला बेला र शान्ता एक उदाहरण मात्र हुन । उनी जस्ता सयौँ कामदार अहिले खाद्यन्न अभावको समस्या झेलिरहेका छन ।
दा्रेसो चरणको कोरोनाको कहर सगै निषेधाज्ञा भएपछि जुम्लाका काम गरेर खाने महिलाहरुको लागि बिहान बेलुका छाक टान समेत समस्या छ । पहिला वनमा गएर दाउरा बोकेर त्यहि दाउरा ल्याएर बजारमा बेचेरर आफनो घर खर्च चलाउथे । घरपरिवारको आवश्यकता पुरा गर्थे । अहिले निषेधाज्ञाले कुनै पनि काम गर्न नपाएपछि समस्या भएको उनीहरु बताउँछन ।

Next Post

कोरोनाले सप्तकोसी नगरपालिकाकी उपमेयर चौधरीको निधन

३ जेष्ठ २०७८, सोमबार १८:२०
राजविराज — कोरोना संक्रमणका कारण सप्तरीमा सोमबारयता आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरी पनि छिन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् । सप्तकोसी–५ […]

सम्बन्धित