कसैको इच्छा विपरीत रङिगन वस्तु नदल्न प्रजिअ केशरीको आग्रह

प्रेम बिष्ट

  ।   २१ फाल्गुन २०७९, आईतवार १९:१९

सांस्कृतिक एकताको रुपमा मनाईने होली पर्व २०७९ को अबसरमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सम्पूर्ण जुम्लीबासीलाई शुभकामना दिनु भएको छ । उहाँले होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरित जवरजस्ती हानिकारक रङिगन बस्तु दल्ने, लोला हान्ने, फोहोर छयाप्ने, जोकोही व्यतmीहरुलाई अनावश्यक दुख,हैरानी दिने, बाटो अवरोध गर्ने, मादक पर्दाथ सेवन गरी सवारी चलाउने सार्वजनीक स्थलहरुमा होहल्ला गर्ने,शान्ति व्यवस्थामा असर पुरयाउने जस्ता कार्यहरु नगर्न, नगराउन अनुरोध गर्नु भएको छ।
यस्तै कोही कसैबाट यस किसिमका गैरकानुनी क्रियाकलप भए, गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कार्वाही गरिने प्रजिअ केशरीको भनाई छ। यस्तै सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले होली पर्व २०७९को सुभकामना दिदै होली पर्वराम्रोसंग मनाउन सम्पूर्ण जुम्लीबासीलाई अनुरोध गर्नु भएको छ। उहाँले सामान्य तरिकाले टिका लगाएर, मिठा मिठा परिकार बनाएर, साथिभाईसंग रमाईलो गरेर सभ्य तरिकाले होली मनाउन आग्रह गर्नु भएको छ।

Next Post

यो हत्या नभइ दुर्घटना थियो

२१ फाल्गुन २०७९, आईतवार १९:१९
    २०७५ साउन २५ गते चन्दननाथ नगरपालिका २ का राधाकृष्ण बुढ्थापा मृत्यु प्रकरणमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले मृत्यु नभइ दुर्घटना भएको फैसला सुनाएको छ । बादीपक्षले लगाएको जस्तो आरोप होटेल साहुले षड्यन्त्र गर्नुपर्ने कुनै कारण नभएको जनाएको हो । उच्च अदालत सुर्खेत जुम्ला इजलासका सूचना अधिकारी तथा शाखा […]