राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको स्ववियु निर्बाचन सम्पर्क कार्यलय स्थापना

प्रेम बिष्ट

  ।   १८ फाल्गुन २०७९, बिहीबार १९:१८

जुम्लामा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको स्ववियु निर्बाचनको सम्पर्क कार्यलयको उद्धघाटन गरिएको छ। राष्टिय प्रजातन्त्र पाटीका पूर्व कन्द्रिय सदस्य मनसुर नेपालीको प्रमुख आतिथ्यमा राष्टिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको स्ववियु निर्बाचन सम्पर्क कार्यलयको बिहिबार उद्धघाटन गरिएको हो।

यस्तै हरि थापाको नेतृत्वमा ३५ सदस्यीय क्याम्पस इकाई कमिटि गठन गरिएको छ। उक्त कमिटिको अध्यक्षमा हरि थापा सर्वसम्मत चयन हुनु भएको छ।
यस्तै सम्पर्क कार्यलय जुम्ला बहुमुखी क्याम्पस अगाडी रहेको क्याम्पस इकाई कमिटिका अध्यक्ष थापाले बताउनु भयो। २–२ बर्षमा हुनु पर्ने स्ववियु निर्बाचन १४ बर्ष पछि यहि चैत ५ गते हुदै छ ।२०६५ साल पछि यस पालि स्ववियु निर्बाचन हुन लागेको हो। जसको लागी त्रिविका बिद्यार्थीहरु यतिबेला स्ववियु निर्वाचनको तयारीमा जुटेका छन।

 

Next Post

कसैको इच्छा विपरीत रङिगन वस्तु नदल्न प्रजिअ केशरीको आग्रह

१८ फाल्गुन २०७९, बिहीबार १९:१८
सांस्कृतिक एकताको रुपमा मनाईने होली पर्व २०७९ को अबसरमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सम्पूर्ण जुम्लीबासीलाई शुभकामना दिनु भएको छ । उहाँले होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरित जवरजस्ती हानिकारक रङिगन बस्तु दल्ने, लोला हान्ने, फोहोर छयाप्ने, जोकोही व्यतmीहरुलाई अनावश्यक दुख,हैरानी दिने, बाटो अवरोध गर्ने, मादक पर्दाथ सेवन […]