जुम्लाको पातारासीमा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

प्रेम बिष्ट ,माघ ३ २०७९

  ।   ३ फाल्गुन २०७९, बुधबार २०:४१

बुधबार पातारासी गाउँपालिका वडा नम्बर ६ उर्थुको बडिखोलामा ट्रयाक्टर दुर्घटना भएको छ।ट्रयाक्टर दुर्घटना हुदा अन्दाजी ५० बर्षिया अमिर बाहाेेराकाे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश ०२ —००१ त ०४२७ नम्बर भएको ट्रयाक्टर जुम्ला बजार देखी पातारासी गाउपालिका वडा नम्बर २ तल्फी तिर जादै गर्दा दुर्घटना भएको हो।

ट्रयाक्टरमा सवार पाँच जना घाईते भएको र घाईतेकोे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी प्रह्लाद कार्कीले बताउनु भयो। घाईते हुनेमा दुई महिला र तिन पुरुष रहेका छन ।ट्रयाक्टर चालक फरार रहेको र खोजी भईरहेको कार्कीको भनाई छ। उर्थुको बडिखोलामा ट्रयाक्टर दर्घटना भएको हाे र करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। धेरै लोड भएको कारण ट्रयाक्टरले उकालो चडेन नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

Next Post

पातारासी ६ मा ११ सदस्यीय विपद व्यवस्थापन समिति गठन

३ फाल्गुन २०७९, बुधबार २०:४१
विपद व्यवस्थापन समिति व्यवस्थापन ऐन २०७४ को प्रावधान अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ मा विपद व्यवस्थापन समिति गठन गरिएको छ। वडा नम्बर ६ को वडा अध्यक्ष कर्म बहादुर बिष्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। एघार सदस्यीय समितिमा वडा अध्यक्ष कर्म बहादुर बिष्ट संयोजक र वडा सचिव लंक […]

सम्बन्धित