नयाँ बन्ने उद्यमीहरुका लागि किर्डाक नेपाल जुम्लाले व्यवसाय सचेतता तथा सुरु विकास सम्बन्धि पाँच दिने तालीम संचालन गरेको छ । उद्यमशिल बनाई स्वरोजगार बनाउने उद्देश्यले तालीम संचालन गरिएको हो । जुम्लाका पाँचवटा स्थानीय तहका ५५ जना तालीममा सहभागि भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्री भण्डारीले बताउनु भयो ।उहाँका अनुसार नयाँ उद्यमी सृजना गरि स्थानीय स्तरमै स्वरोजगार बनाउने प्रमुख लक्ष्य रहेको बताउनु भयो । सफल उद्यमीमा हुनुपर्ने गुण, व्यवसाय र परिवार बिचको सम्बन्ध, आयआर्जन तथा स्वरोजगार र व्यवसायको बारेमा पाँच दिनको अवधिमा जानकारी गराइने उहाँको भनाइ छ ।व्यवसाय गर्दा हुने फाइदाको बारेमा जानकारी गराई व्यवसायिक योजना बनाउन लगाईने भण्डारीले बताउनु भयो । व्यवसाय गर्दै आईरहेकारुलाई पनि निरन्तर व्यवसायमा सहभागि भइ राख्नका लागि उत्प्रेरणा जोगाई राख्न खोजिएको उहाँले बताउनु भयो । माघ ६ गतेदेखि १० गतेका दिनसम्म तालीम संचालन हुने किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक अजीत थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार तिला गाउँपालिका वडा नम्बर ३, ४ र ५, तातोपानी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५ रहेको चन्दननाथ नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ८, ९ र १०, गुठिचौर गाउँपालिका वडा नम्बर ३ र ४ तथा पातारासि गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ का ब्यवसायिक कृषक सहभागि रहेका बताउनु भयो ।तिला गाउपालिका ४ का सहभागी व्यसायिक कृषक मक्कर बहादुर शाहीका अनुसार आफुले अहिले होटेल व्यवसाय गिर रहेको बताउनुभयो । यो तालीमबाट अझै सीप सिकेर कसरी राम्रो गर्न सकिन्छ भनेर तालीम सिक्न आएको उहाँले बताउनुभयो । शाहीका अनुसार, किर्डाक नेपालले आफुलाई अझै सहयोग गर्ने आशा राखेको बताउनु भयो ।यस्तै अर्का सहभागि तातोपानी ३ का रामकृष्ण न्यौपानेका अनुसार भेडा बाख्रा पालन व्यवसाय गर्ने सोचले आफू तालीम लिन आएको बताउनुभयो । उहाँका अनुसार आफ्नै ठाउमा व्यवसाय गरेर बस्ने सोचले गर्दा आफु तालिममा सहभागी भएको बताउनु भयो । उहाँले भन्नुभयो, व्यवसायका बारेमा केहि पनि जानकारी छैन अब तालीम लिई सकेपछि व्यवसाय गर्ने सोचमा छु ।वल्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको सहजिकरणमा विभिन्न पालिकाका व्यवसायिहरुलाई व्यवसाय सचेतता तथा सुरु विकास तालीमको आयोजना गरिएको हो । तालीमको सहजिकरण माया नेपालीले र कृष्णकान्त धितालले गर्नु भएको छ ।
Next Post
लामो समयपछिको हिमपातले किसान खुसी
६ माघ २०७९, शुक्रबार १९:२३
प्रेम बिष्ट, माघ १०, २०७९ हिमाली जिल्ला जुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लामा लामो समयको प्रतीक्षपछि हिमपात भएको छ।यस प्रदेशका अन्य जिल्लामा हिमपात यस अगी नै भएता पनि जुम्लामा भने यो बर्षको पहिलो हिमपात हो। मंगलबार बिहानबाट हिउँ पर्न थालेको छ। हिउँ कुरिरहेका जुम्लाका किसान भने निकै नै खुसी भएका […]
सम्बन्धित
-
१२ जेष्ठ २०७८, बुधबार १७:४२
कोरोना संक्रमितलाई खेलकुद समितिको अण्डा र जुस
-
२१ पुष २०७८, बुधबार ०७:४९
सुख्खा रोटिले पुरायो यहाँ सम्म ?
-
१९ भाद्र २०७८, शनिबार १७:०९
काँग्रेस वडाअधिवेशन : जुम्लाको एक्लो महिला वडा सभापतिमा सीता
-
५ आश्विन २०७९, बुधबार १९:४४
साउदीमा अलपत्र परेका ९ जना वडाअध्यक्ष महतारको पहलमा घर फर्किए
-
३० बैशाख २०७८, बिहीबार १०:२१
हटस्पटका फ्रन्टलाइनर भन्छन् : ‘आँसु लुकाएर उपचार गर्दै छौं’
-
७ आश्विन २०७८, बिहीबार १९:३७
वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तान्नेपछि चर्चामा आए धामी