जुम्लाका सात पालिकालाई सङ्टग्रस्त क्षेत्र धोषणा गर्न गृह मन्त्रालयमा सिफारिस

  ।   २७ आश्विन २०७९, बिहीबार १७:५७

प्रेम बिष्ट
जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाका सात वटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४को दफा ३२को (९) बमोजिम जुम्लाका कनकासुन्दरी गाउँपालिका,सिंजा गाउँपालिका, हिमा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र धोष्णा गर्न गृह मन्त्रालयमा सिफरिस गर्ने निर्णय गरिएको हो ।

यस्तै तातोपानी गाउँपालिकाको वडा नम्बर १,३,४,६,७ र ८,तिला गाउँपालिकाको वडा नम्बर १,२,३,४,६ र ७, गुठीचौर गाउँपालिकाको वडा नं. १ र २ तथा पातारासी गाउँपालिकाको वडा नम्बर ३ लाई सङ्कटग्रस्त क्षेत्र धोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको भनाइ छ।

यस्तै जिल्लामा आएको बाढी तथा पहिरोको कारण विस्थापित परिवारलाई राहत उपलब्ध गराउन कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

अस्ति असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जुम्ला जिल्लाका बिभिन्न स्थानमा १० जनाको मृत्यु भएको र एक जना बेपता छन् । ३ सय ९६ घर पूर्ण रुपमा क्षति भएका छन् ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार ४ सय ४० घर उच्च जोखिममा रहेको र ७ सय २६ घर आंशिक क्षति भई १ हजार ६ सय ७५ जना व्यक्तिहरू विस्थापित भएका छन् । मुख्य राजमार्ग लगायत सहायक सडकहरूमा पहिरो गई बाटो अबरुद्ध भएका छन् ।

Next Post

जुम्ला प्रदेश सभा (ख) मा एमालेका टेकराज पछाई अगाडि

२७ आश्विन २०७९, बिहीबार १७:५७
जुम्ला प्रदेश सभा क्षेत्र नम्बर (ख) मा ९ हजार ६५७ मत गनिदा एमालेका टेकराज पछाईले अग्रता लिएका छन्।उनले ३५ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका पदम बहादुर रोकायाले ३३ सय ७६ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले १८ सय ८९ […]