जुम्लामा अन्तराष्टिय सुचना दिबस मनाईयो

असोज १२

  ।   १२ आश्विन २०७९, बुधबार २१:१६

प्रेम बिष्ट

जिल्ला प्रसासन कार्यलय जुम्लाको आयोजनमा जुम्लामा पनि सुचना सर्वव्यापी पहुच सम्बन्धी अन्तराष्टिय दिबस मनाइएको छ। प्रमुख जिल्ला अधिकारी मुकेस कुमार केसरीको प्रमुख आतिथ्यमा दिबस मनाइएको हो। यस अघि राष्टिय सुचना दिबस मात्रै मनाइदै आएकोमा यस पटक भने अन्तराष्टिय सुचना दिबस पनि मनाइएको छ।
हरेक नागरीकले सुचना पाउन् भन्ने उदेश्यले सरकारले सुचना सम्बन्धी हक २०६४ समेत जारी गरेको छ।

जस अनुरुप हरेक सरकारी एबम गैर सरकारी सस्थाहरुले नागरीकलाई सजिलै सुचना प्रबाह गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी केसरीको भनाई छ। उहाले भन्नु भयो“सुचना प्रबाहमा सहज होस भन्नका लागी हरेक सरकारी कार्यलयहरुमा सुचना अधिकारीको व्यवस्था गरिएको छ”सुचना अधिकारीबाट सुचना प्राप्त गर्न सकिन्छ।
यस्तै जिल्ला प्रसासन कार्यलयमा सुचना अधिकारीको रुपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई तोएिको छ।

उहाँ भन्नु हुन्छ कुनै पनि नागरिक सुचना पाउनबाट बञ्चित हुनु हुदैन। सुचना पाउनु नागरीकको हक हो।मौलिख हकको धारा २७ मा सुचना सम्बन्धी हक राखिएको छ। यदि कुनै कार्यलयबाट सुचना माग्दा नदिएको खण्डमा सुचना आयोगमा उजुरी परे कानुनी प्रक्रियामा गई कार्बाही गरिने प्रजिअ केसरीको भनाई छ।
जन मानिसमा पत्रकारले मात्र सुचना माग्नु पर्छ भन्ने सोच भएकै कारण उनीहरु सुचनाको हकबाट बन्चित हुने गरेको नेपाल पत्रकार महासंघ शाखा कार्यलय जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको भनाई छ। उहाँका अनुसार आम नागरिकहरु सुचनाको हक सम्बन्धी चेतना नभएकै कारण सुचना पाउनबाट बञ्चित भएका छन।

जिल्ला प्रसासन कार्यलयकी प्रशासकिय अधिकृत देबकी रावतले सुचना माग्दा कारण खुलाउनु पर्ने हुन्छ। यस्तै उहाका अनुसार सार्वभौमसत्ता,अखन्डता, राष्टिय सुरक्षा सार्बजानिक शान्ति, व्यक्तिगत गोपनियता,व्यक्तिको जिउ,ज्यान,सम्पति,स्वास्थ्य वा सुरक्षामा खतरा पुरयाउने आदि सुचना प्रबाह गर्न सकिदैन।यस्तै उक्त कार्यक्रममा जिल्लाका बिभिन्न सरकारी कार्यलयका कार्यलय प्रमुख,सुचना अधिकारी, जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो।

Next Post

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

१२ आश्विन २०७९, बुधबार २१:१६
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्यलिहीमा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक राति दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको हो ।बसका सहचालक मकवानपुरकै हरि न्यौपाने […]