जुम्ला जिल्लालाई कर्णाली प्रदेशका मुख्यममन्त्री जिवन बहादुर शाहिको प्रमुख आथित्यमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ।‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।जिल्ला भरिका आठै स्थानिय तहमा गई घरधुरी सर्वेक्षण गरि प्राप्त प्रतिबेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समिति सदस्य सचिव एबम जनस्वास्थ्य कार्यलय प्रमुख कृष्ण सापकोटाले बताउनु भएको छ। प्रमुख सापकोटका अनुसार जिल्लामा एक सय चौबिस खोप केन्द्र छन। जिल्लालाई पूर्णखोप घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।यस्तै जिल्लाभर १६ देखि २३ महिना सम्मका दुईहजार सात सय ७५ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पुर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
Next Post

जुम्ली स्याउको बजारीकरण बढाउन जुम्लामा स्याउ महोत्सव हुदै ।
२३ भाद्र २०७९, बिहीबार १९:३४
जुम्लामा तेस्रो पटक स्याउ महोत्सव लाग्ने भएको छ । भदौ २८ गते जुम्लाको मुख्य बजार बाल मन्दिरमा महोत्सव लाग्ने भएको हो । आज पत्रका सम्मेलन गर्दै जुम्लीको स्याउको बजारीकरणका साथै किसानको आम्दानी बृद्दिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए । विगत दुई वर्ष पहिले […]
सम्बन्धित
-
१ श्रावण २०७८, शुक्रबार ०८:१९
शुक्लागण्डकीको नीति, कार्यक्रम तथा बजेट पारित
-
२ माघ २०७७, शुक्रबार ११:४०
सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ सार्वजनिक (भिडियाेसहित)
-
३ कार्तिक २०७८, बुधबार १७:३९
दारूको नशामा श्रीमतीको हत्या
-
२८ भाद्र २०७८, सोमबार १८:१८
कर्णाली प्रदेशसभामा थन्किए विधेयक
-
१० आश्विन २०७८, आईतवार ०७:११
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकको मस्यौदा तयार
-
२ श्रावण २०७८, शनिबार १९:२६
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गिरी विरूद्ध उजूरी