नगरपालिका पाँचका निर्बतमान वडा अध्यक्ष अर्जुनसिंङ कठायतको नाम प्रदेश सभा प्रत्यक्ष तर्फ सिफारिस

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ चन्दननाथ नगरपालिका पाँच नम्बर वडाका निर्वतमान वडाअध्यक्ष अर्जुनसिङ कठायतको नाम सिफरिस गरिएको छ। कठायतको राजनितिक यात्रा २०६१ सालमा नेबिसंघको साधारण सदस्य बाट सुरु भएर २०६४ सालमा नेबिसंको जिल्ला सचिब हुदै २०७४ सालमा सोतन्त्रबाट जितेर चन्दननाथ नगरपालिका वडा नम्बर पाँचको वडाअध्यक्ष समेत भईसक्नु भएको छ भने कठायत २०७८ साल मंसिरबाट नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सचिव समेत हुनुहुन्छ। आगामी मंसिर चार गते हुने प्रदेश शभा निर्बाचनको लागी कठायतको नाम जुम्ला जिल्लाको क्षेत्र नम्बर (क) बाट सिफारिस गरिएको छ। नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो ।शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएको कांगे्रस जुम्लाले बताएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ ।प्रतिनिधि सभाको प्रत्यक्षतर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ गिता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ ।प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ ।त्यसै गरी पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ समानुपातिकतर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ ।

सम्बन्धित शीर्षक